वैदेशिक रोजगार ठगीमा संलग्न ‘रेड नोटिस’ जारी भएका सुवास लावती यूएईबाट पक्राउ

बकपत्र संवाददाता       २ हप्ता अगाडी प्रकाशित     30 No Comments
📋 सारांश
  • ​काठमाडौँ — वैदेशिक रोजगार ठगी मुद्दामा इन्टरपोलबाट 'रेड नोटिस' जारी भएका फरार प्रतिवादी सुवास लावती पक्राउ परेका छन्।
  • पाँचथरको मिक्लाजुङ गाउँपालिका–५ का ३६ वर्षीय लावतीलाई संयुक्त अरब इमिरेट्स (यूएई) बाट पक्राउ गरी आज काठमाडौँ ल्याइएको हो।
  • ​एनसीबी अबुधाबीको समन्वयमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कानुनी कारबाही गर्ने प्रक्रिया अघि बढाउन नेपाल फिर्ता ल्याइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

काठमाडौँ — वैदेशिक रोजगार ठगी मुद्दामा इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका फरार प्रतिवादी सुवास लावती पक्राउ परेका छन्। पाँचथरको मिक्लाजुङ गाउँपालिका–५ का ३६ वर्षीय लावतीलाई संयुक्त अरब इमिरेट्स (यूएई) बाट पक्राउ गरी आज काठमाडौँ ल्याइएको हो।

​एनसीबी अबुधाबीको समन्वयमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कानुनी कारबाही गर्ने प्रक्रिया अघि बढाउन नेपाल फिर्ता ल्याइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। लावतीले आकर्षक तलबको प्रलोभन देखाएर वैदेशिक रोजगारीका लागि सर्बिया पठाइदिने भन्दै पीडितहरूबाट विभिन्न मितिमा कुल ११ लाख ६१ हजार रुपैयाँ आफ्नो बैंक खातामा जम्मा गर्न लगाएका थिए। रकम हात पारेपछि उनी पीडितहरूको सम्पर्कबाट टाढा रही फरार भएका थिए।

​उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास तथा पक्राउ गर्नका लागि नेपाल प्रहरीको अपराध अनुसन्धान विभाग, इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८० साल साउन २६ गते रेड नोटिस जारी गरिएको थियो।

​प्रहरीका अनुसार पक्राउ परेका लावतीलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ। वैदेशिक रोजगारीको नाममा हुने ठगी नियन्त्रण गर्न र फरार अपराधीलाई न्यायको कठघरामा ल्याउन नेपाल प्रहरीले पछिल्लो समय इन्टरपोलसँगको समन्वयलाई थप प्रभावकारी बनाएको देखिन्छ।

सम्वन्धित समाचार