मष्टो नाम पनि शामनवादी परम्परासँग जोडिएको देखिन्छ । खस आर्यहरूको इतिहास केलाउंदा तिनीहरूले उक्त नाम इसापूर्व ५५० देखि ३३० सम्म पर्सिया (इरान) मा विकसित भएको हिन्द– इरानी शामनवादमा उल्लेख गरिएका आत्मा ’अहुर मज्डा’ को नामबाट लिएको देखिन्छ । प्राचीन पर्सियामा जोरेस्ट्रेनी शामनवादका अनुयायीहरूले पुज्ने ’अहुर मज्डा’ अस्थिर प्रकृतिका शक्तिशाली इष्टप्रेत थिए जसले दुष्ट प्रकृतिका प्रेतहरूलाई नियन्त्रणमा लिन्थे । उनले सही काम गर्ने प्रेतहरूलाई मन पराउँथे भने दुष्ट चरित्रकालाई सजाय दिन्थे । जोरस्ट्रेनीहरू आफूमा कुनै रोग वा विपत्ति आइलाग्यो भने त्यो दुष्ट प्रेतले गर्दा भएको हो भनी सोच्दथे र तिनलाई तह लगाउन मज्डाको पुकार गर्दथे । पर्सियाली सत्ताले लडाइँमा फौजलाई बल प्राप्त होस् भनी सेता घोडालाई खाली रथ तान्न लगाएर मज्डाको आह्वान गर्दथ्यो । खसहरूको मूल थलो पर्सिया भएकाले तिनीहरू कर्णाली प्रदेशमा आउँदा मज्डा प्रेतलाई मान्ने शामनवादी आचरण आफ्नो साथमा लिएर आएको हुनुपर्छ र मज्डाको अपभ्रंशबाट ’मष्टा’ अथवा ’मष्टो’ नाम रहेको हुनुपर्दछ ।
१.१. मष्टो देवता
मष्टो कर्णाली नदीको प्रश्रवण क्षेत्रमा बस्ने खस मूलका बाहुन, क्षत्री, ठकुरी, सन्न्यासी, पावै ( मतवाली) खस र दलितका प्रेतदेवता हुन् । जुम्ला, हुम्ला, मुगु, दार्चुला, डोल्पा, कालीकोट, जाजरकोट, बाजुरा, तिव्रीकोट, दैलेख, बझाङ, डोटी, बैतडी आदि मष्टो संस्कृति भएका जिल्ला हुन् । मष्टो पूजाका कुनै लिखित शास्त्र र विधिविधान छैनन् । यो पाका पुर्खाबाट पछिल्ला सन्ततिहरूमा हस्तान्तरित हुँदै आएको शामनवादी आचरणअनुसारको पूजा हो । मष्टोको थान भए पनि तिनको कुनै मूर्ति हुँदैन । थानभित्र शिलालाई नै मष्टोका रूपमा स्थापना गरिएको हुन्छ । पूजाका अवसरमा मष्टो देवता धामीको शरीरमा उत्रिएर जनतासँग साक्षात्कार गर्दछन्। महत्त्वपूर्ण मानिएका मष्टो अर्थात् मष्ट देवताहरू मतवाली खससँग सम्बन्धित भएकाले र वर्तमान सन्दर्भमा त्यस जातिले नै प्राचीन खस संस्कृतिको पहिचान बोकेकाले मष्टो खस जातिकै मौलिक देवता भएको ठहर त्यस सम्बन्धमा अनुसन्धान गर्ने विद्वान्हरूले गरेका छन् (Gaborieu, १९७६ ः २१९).
मष्टो देवतालाई विभिन्न ठाउँमा ’मैथो’, ’मस्था’, ’मन्ठा’ ’मुष्टो’, ’मुष्डा’, ’मुन्धा’, ’मुन्धो’, ’मउधो’, ’मुइद्यो’ जस्ता विभिन्न नामले संबोधन गरिन्छ । मुगु र हुम्लामा मष्टोलाई ’गुरो’ भन्दछन् । मष्टो देवताको सङ्ख्या धेरै भएकाले बहुबचनका रूपमा ’मष्ट’ भनी सम्बोधन गरिन्छ । एउटै मष्टोलाई विभिन्न ठाउँमा विभिन्न नामले पुकारिन्छ जसले गर्दा विभिन्न नामका मष्ट अस्तित्वमा आएका छन् र तिनको सङ्ख्या कति हो भन्ने सम्बन्धमा मतैक्य हुन सकेको छैन । विभिन्न लेखकहरूका कृतिका आधारमा १०८ मष्टको नाम सङ्कलन गरिएको छ ( खराल, २०७४ ः ६४) । मष्टलाई सुदूर पश्चिममा अठार शाखामा विभाजन गरिएको छ भने मष्टो संस्कृतिको केन्द्र कर्णालीमा बाह्न शाखामा विभाजन गरिएको छ ।
जसलाई ’वाह भाइ मष्ट’ भनिन्छ । बाह मष्टका नाम पनि ठाउँअनुसार फरकफरक छन् । जसले गर्दा कहाँको भनाइलाई आधिकारिक मान्ने हो समस्या देखिन्छ । यहाँ मष्टो संस्कृति बढी मात्रामा हावी भएको ठाउँ सिञ्जामा प्रचलित नामलाई नै लिइएको छ जसअनुसार बाह्र मष्टको नाम यस प्रकार छ आदि मष्टो, खापर ÷ खापड मष्टो, बाबिरो मष्टो, काला मष्टो, रुमाला मष्टो, ढंडार ÷ ढंडारे मष्टो, थार्पा मष्टो, बान्नी मष्टो, कावा मष्टो, मण्डली मष्टो, दुधे ÷ डाडे मष्टो र दारे मष्टो ।
कतिपय मष्टोलाई मूल थलोको नामबाट नामकरण गरिएको छ, जस्तो कि बझाङको ढँडारमा मूलथलो हुनेलाई ढंडार÷ढंडारे मष्टो, बझाङकै बान्नी मूलथलो हुनेलाई बान्नी मष्टो मुगुको थार्पा गाउँ मूलथलो हुनेलाई थार्पा मष्टो, जुम्लाको बाबिरो गाउं मूलथलो हुनेलाई बाबिरो मष्टो, जुम्लाको बुडु गाउँ मूलथलो हुनेलाई बुडु मष्टो र खप्तड मूलथलो हुनेलाई खापर मष्टो आदि । खस समाजमा मष्टो देवता वायु, गरुड, साधु र विभिन्न जनावरको रूप लिएर बस्तीवरपर हिँड्छन् भनी मानिसहरू भन्दछन् । मष्टले आ–आफ्ना स्वभावअनुसार काम गर्दछन् र साझा सबालमा मिलेर पनि काम गर्दछन् भन्ने विश्वास मानिसहरूमा पाइन्छ । मष्टमध्ये ढंडार मष्टोलाई सबैभन्दा पुरानो र जेठो मानिन्छ । बुढापाकाहरू अक्सर “ ढँडार फुट्यो पखान छुट्यो “ भन्ने उखान प्रयोग गर्दछन् जसको अर्थ हुन्छ ढँडारबाट फूटेर मष्ट पाखापखेरा चारैतिर फिजिए । त्यस भनाइले सबैभन्दा पहिले मष्टो बझाङ जिल्लाको ढँडारमा स्थापना गरिएको र पछि विभिन्न ठाउँमा विभिन्न नामले स्थापना गरिंदै गएको भन्ने बुझिन्छ ।
खस जनसङ्ख्या आज विभिन्न जातिहरूमा विभाजित छ । सबैले एउटै मष्टलाई पुज्दैनन्, आ–आफ्ना कुलका मष्टको पूजा र उपासना गर्दछन् । जुन जात र थरका खस बाहुन, क्षत्री, ठकुरी र दलितहरूले जुन मष्टलाई पुज्दछन्, ती तिनीहरूका ’कुलदेवता’ (Clan Deity) हुन् । कुलदेवतासम्बन्धी अवधारणा बहुदेवताको प्रचलन भएको समाजमा उत्पन्न भएको अवधारणा हो । मानिसहरू कुलदेवताले आफ्नो गाउँघरको रक्षा गर्दछन् भनी सोच्दछन् । त्यसैले तिनलाई ’क्षेत्रपाल मष्टो’ पनि भनिन्छ । आज मष्टो संस्कृति मान्ने बाहुन, क्षत्री, ठकुरी र दलितहरूको जनसङ्ख्या देशव्यापी बनेको छ । तर मष्टो पूजाको प्रचलन पश्चिमी नेपालका केही जिल्लाहरूमा मात्र सीमित छ । अन्यत्र बसाइँ सरेका बाहुन, क्षत्री, ठकुरी र दलितहरूमा मष्ट पूजाको प्रचलन कुलपूजाका रूपमा देखिन्छ । निश्चय नै बसाइँ सरेका खस मूलका जातिहरूले सुरुको अवधिमा
कुलपूजालाई मष्ट पूजाकै शैलीमा सम्पन्न गरे होलान् । तर पछिका तिनका सन्ततिमा मष्टो पूजनका शामनवादी आचरणहरू विलीन हुँदै गएका छन् । कतिपयलाई त कुलदेवताको पूजा भनेको मष्टो पूजाकै निरन्तरता हो भन्ने पनि थाहा छैन र शामनवादी कुलपूजाको प्रचलन आज वैदिक संस्कार कर्मको पूजामा परिणत भएको छ ।
पश्चिम नेपालमा मष्टो पूजाको प्रचलन कहिलेबाट सुरु भयो भन्ने सम्बन्धमा तथ्यगत आधारहरू आजसम्म भेटिएका छैनन् । योगी नरहरिनाथ मष्टो मान्ने प्रचलन राजा शक्तिसिंहको पालामा सन् १३०८ बाट सुरु भएको हो भनेर भन्दछन् । तर उनले त्यसलाई पुष्टि गर्ने कुनै आधारहरू प्रस्तुत गरेका छैनन् । जुम्लामा पाइएको सन् १६२७ को लेनदेनसम्बन्धी एउटा लिखतमा भवानी देवी र मष्टोलाई साक्षी राखेको पाइन्छ । खोजकर्ताहरू त्यस अभिलेखलाई कर्णाली प्रदेशमा मष्टो दर्शन र परम्परासम्बन्धी पहिलो लिखित दस्तावेज मान्दछन् (Gaborieu, १९७६ ः २२०). जे होस्, के भन्न सकिन्छ भने मष्टो संस्कृति कर्णाली प्रदेशमा खसहरूको आगमनसँगै भित्रिएको संस्कृति हो । दुल्लुको कीर्तिस्तम्भअनुसार खारी प्रदेशका खस राजा नागराज ( जावेश्वर) ले ११ औं शताब्दीमा कर्णाली क्षेत्रमा रहेका साना राज्यहरूलाई हराई सिञ्जालाई राजधानी बनाएर खस राज्यको स्थापना गरेका हुनाले मष्टोको सुरुआत त्यही समयबाट भएको हुनुपर्दछ ।
वराह भनेर हिन्दु पौराणिक कथाअनुसारका जङ्गली बनेलको अवतार लिएका देवता होइनन्, ती त इष्टप्रेतात्मा हुन् । मष्टो पूजा अथवा कुलपूजाका अवसर वराह अथवा वायु देवता चढे भनी काम्दै नाच्ने ’वराह नाच’ ले यस तथ्यलाई प्रमाणित गर्दछ । खस संस्कृतिमा बाह्र भाइ मष्टो बाह्र प्रकारका वराहलाई मानिन्छ, जस्तै कैलु वराह, सेतु वराह, लाटु वराह, हाँसु वराह, गामालेखी वराह, भिरखानी वराह, चित्रलेखी वराह, पीनालेखी वराह, भेडालेखी वराह, सूताकोटी वराह, भैरव वराह र एउला वराह । वराहका पत्नीलाई ’रानीबजू ’ भनिन्छ । तिनका पारिवारिक नाताका बजू वराह, बहिनी वराह र फुपू वराह आदि हुने गर्दछन् (आत्रेय, २०६८: २९६ ) ।
१.२. मष्टोका सहयोगी
पश्चिमी नेपालमा मष्टोका अतिरिक्त स्थानीय रूपमा वराह, भैरव, झाँक्री, सिद्ध, बेताल, महाकाल, भैयार, वज्रठिङ्गा आदि विभिन्न सानातिना देवीदेवताहरू पनि पुजिन्छन् । तिनीहरूलाई मष्टोका सहयोगी देवता भनिन्छ । तिनीहरूका थान गाउँभित्र सामान्य चारपाटे आकारका मठ जस्ता हुन्छन् । मष्टोका सहयोगीहरूमध्येमा वराह विशेष उल्लेखनीय छन् । वराह भनेर हिन्दु पौराणिक कथाअनुसारका जङ्गली बनेलको अवतार लिएका देवता होइनन्, ती त इष्टप्रेतात्मा हुन् । मष्टो पूजा अथवा कुलपूजाका अवसर वराह अथवा वायु देवता चढे भनी काम्दै नाच्ने ’वराह नाच’ ले यस तथ्यलाई प्रमाणित गर्दछ । खस संस्कृतिमा बाह्र भाइ मष्टो बाह्र प्रकारका वराहलाई मानिन्छ, जस्तै कैलु वराह, सेतु वराह, लाटु वराह, हाँसु वराह, गामालेखी वराह, भिरखानी वराह, चित्रलेखी वराह, पीनालेखी वराह, भेडालेखी वराह, सूताकोटी वराह, भैरव वराह र एउला वराह । वराहका पत्नीलाई ’रानीबजू ’ भनिन्छ । तिनका पारिवारिक नाताका बजू वराह, बहिनी वराह र फुपू वराह आदि हुने गर्दछन् (आत्रेय, २०६८ ः २९६ ) ।
मष्टका वाहन पनि हुन्छन् । ती भनेका मष्टका खटनपटनमा काम गर्ने सेवक हुन् । मष्टोका सेवकमा भैरव, झांक्री, सिद्ध, बेताल, महाकाल, भैयार, वज्रठिङ्गा, महाकाल आदि पर्दछन् । ती सेवकहरू पनि शामनवाद र तान्त्रिक आचरणसँग जोडिएका प्रेतात्मा (क्उष्चष्त) हुन् । तिनीहरूले सर्प, कुकुर, बिरालो, बाँदर, लामपुच्छ्रे, मानिस आदिको रूप लिन्छन् र मष्टोको आदेशमा सजाय दिने काम गर्दछन् भन्ने विश्वास मानिसहरूमा छ । त्यसकारण गाउँलेहरू तिनीहरूसँग निकै त्रसित हुन्छन् । तिनका थान भनेका गाउँबाहिरका खोल्सा, रुखका फेद, खोलाकिनार र मूलबाटाका शिला हुन्छन् जहाँ मानिसहरूले हिँड्दा – डुल्दा ध्वजा, पाती आदि चढाउने गर्दछन् ।
१.३. मष्टो थान
प्रायः मष्टो देवताका दुईओटा थान हुन्छन् जसलाई खस भाषामा ’माडू’ भनिन्छ– एउटा थान गाउँबाहिर वनपाखामा निर्माण गरिएको हुन्छ भने अर्को गाउँभित्र स्थापना गरिएको हुन्छ । वनपाखाको थानलाई ’वनमाडू’ र गाउँको थानलाई ’घरमाडू’ भनिन्छ । पहाडी क्षेत्रमा अन्य जाति, जनजातिका पितृदेवताका थानलाई झैँ वनमाडूलाई पनि गाउँभन्दा अली उच्च अथवा एकान्त ठाउँमा चारैतिर रुखबिरुवाले घेरिएको हुन्छ । गाउँबाट मष्टो थानमा जाने बाटोमा अक्सर ढुङ्गाले छापेर सिँढी बनाइएको हुन्छ । मष्टो थाने बिचमा खुला भएको दुईपाखे छाना भएको घर आकारको हुन्छ । त्यसको मोहडा उत्तरतर्फ फर्किएको हुन्छ । थानभित्रको मष्टो राखिने गोप्य कोठालाई ’गंबीर’ भनिन्छ । थानमा देवतालाई चढाइएका घण्टा, शङ्ख, त्रिशूल, ध्वजा पताका, दियो आदि हुन्छन् ।
वनमाडूको शाखाको रूपमा जनताको सुविधाका निम्ति गाउँभित्रै घरमाडू बनाइएको हुन्छ जसलाई ’देउडो’ पनि भनिन्छ । घरमाडू मानिस बसेकै घरमा अथवा छुट्टै घरमा स्थापित गरिन्छ । मष्टो थानको पहिचान साना घण्ट, चमर र ध्वजापताकासहितको लिङ्गोबाट हुन्छ जसलाई ’आलन’ भनिन्छ । धरतीलाई स्त्री र पुरुषलाई आकाश मानेर ती दुईको सङ्गम गराउने लिङ्गको अपभ्रंश भएर ’लिगो’ नाम रहन गएको हो भनी विद्वान्हरू भन्दछन् । आकाशलाई पुरुष र धरतीलाई स्त्री मान्ने उक्त प्रचलन बोन दर्शनबाट लिइएको देखिन्छ ।
प्रत्येक मष्टो परिसरमा एक–एकओटा भवानीको थान हुन्छ जसको अगाडि बलि दिनका लागि ल्याइएका पाठालाई बाँध्ने मौलो गाडिएको हुन्छ । भवानीलाई मानिसहरू मष्टोका दिदीबहिनी भन्दछन् । हिन्दु धर्ममा महिला शक्तिलाई पुरुषका अर्धाङ्गिनीका रूपमा प्रस्तुत गर्ने पितृसत्तात्मक सोच हुन्छ । तर मष्टो परम्परामा महिला शक्तिलाई मष्टोका बहिनीहरू भनी समानताको व्यवहार प्रदर्शन गरिएको देखिन्छ । यो खस समाजमा प्राचीन समयमा भएको मातृसत्तात्मक व्यवस्थाको प्रभाव हो ।
प्रत्येक मष्टो परिसरमा एक–एकओटा भवानीको थान हुन्छ जसको अगाडि बलि दिनका लागि ल्याइएका पाठालाई बाँध्ने मौलो गाडिएको हुन्छ । भवानीलाई मानिसहरू मष्टोका दिदीबहिनी भन्दछन् । हिन्दु धर्ममा महिला शक्तिलाई पुरुषका अर्धाङ्गिनीका रूपमा प्रस्तुत गर्ने पितृसत्तात्मक सोच हुन्छ । तर मष्टो परम्परामा महिला शक्तिलाई मष्टोका बहिनीहरू भनी समानताको व्यवहार प्रदर्शन गरिएको देखिन्छ । यो खस समाजमा प्राचीन समयमा भएको मातृसत्तात्मक व्यवस्थाको प्रभाव हो । मष्टोको पूजासँगै भवानीको पूजा पनि धूमधामसँग गरिन्छ । भवानीको सङ्ख्या नौ बताइन्छ, तर विभिन्न ठाउँमा तिनीहरूलाई विभिन्न नामले पुकारिने गर्दा सङ्ख्यामा नौभन्दा भवानी भेटिएका छन् । प्रचलित भवानीहरूमा पुँग्याल्नी, मालिका, खेसमालिनी, ठिंग्याल्नी, रणसैनी, शिलादेवी, जालपा, दुलेल्नी, विन्ध्यवासिनी, निगालासैनी, भुजेल्नी, खेशमालिनी, बन्दासैनी, पोटलासैनी, सुर्मादेवी, खनारीदेवी आदि प्रमुख हुन् । पछिल्लो अवधिमा कतिपय भवानीका परम्परागत नामलाई हिन्दूकरण गरिएको छ ।
१.४. मष्टो धामी
धामी भनेको विशिष्ट देवतासँग जोडिएको शामन हो । मष्टो देवतासँग जोडिएको धामीलाई मष्टो धामी भनिन्छ । त्यसले लट्टा पाल्दछ र कपडाबाहिर ब्राह्मणले जनै लगाएझैँ गरी रुद्राक्षको माला लगाउँछ । पूजाका अवसरमा त्यसले लगाउने कपडा सेतो भोटो र जामा हो । जामाबाहिर कम्मरमा सानासाना घण्टहरू जडित पेटी बाँधिएको हुन्छ, जुन घण्टीहरू देवता चढी कामेका बखत बज्दछन् । धामीले लट्टा पाल्दछ र त्यसलाई गुजुल्ट्याएर टाउकामा फेटा गुत्दछ । त्यसले हातमा त्रिशूल, चिम्टा र फलामको लौरो समातेको हुन्छ । धामी मन्दिरमा होइन, घरगृहस्थी काम गरी परिवारका साथ बस्दछ र सामान्य जीवन बिताउँछ । खस संस्कृतिमा मानिसहरू धामीमार्फत नै मष्टो देवतासँग साक्षात्कार गर्दछन् । देवताको सम्पर्क व्यक्ति भएकाले हुनाले त्यसले अन्य सामान्य मानिसले झैँ मैलोधैलो कपडा लगाउँदैन र खराब आचरण अँगाल्दैन । धामी भइन्जेल नदी तरेर देवताको क्षेत्रभन्दा बाहिर पनि जाँदैन ।
मष्टो पूजाका अवसरमा धामीले मन्त्र फलाक्दै शरीरमा कम्पन ल्याएर आफ्नो शरीरमा देवता चढाएको अभिनय गर्दछ । मष्टोका सेवकहरू पनि धामीको आह्वानमा उसको शरीरमा चढी जनतासँग साक्षात्कार गर्दछन् । मष्टो संस्कृतिमा देवता चढेको धामीलाई ’गोसाइ’ भनिन्छ । गोसाइको रूप धारण गरेका बखत धामीले फेटा झिकी लट्टा फिंजार्दछ । लट्टा पाल्ने, काम्ने, शरीरमा देवता चढाउने, देवता चढेका बखत झाँक फिंजाउने र देवतालाई शरीरमा उतार्ने धामीको कार्य शामनवादी आचरण हो । धामी भनेकै एक प्रकारको शामन हो । ऊ झाँक्री र बोनपोकै शैलीमा उत्तेजित हुने, कराउने र उफ्रने गर्दछ । बाजाकै तालमा देवलोकमा यात्रा गरेको अभिनय गर्दछ ।
मष्टो पूजाका प्रचलनहरू हेर्दा त्यो हिन्दु परम्पराभन्दा बेग्लै देखिन्छ । धामीको शरीरमा मष्टो चढेपछि मानिसहरू हात जोड्दै त्यसलाई आफ्ना समस्या बताउँछन् र धामीले भनेबमोजिम समस्या उत्पन्न गर्ने देवता र प्रेतलाई बलि दिएर आफ्ना समस्याका गाँठा फुकाउँछन् । मानिसहरू देवता चढेका धामीको बोली देवताकै बोली हो भनी विश्वास गर्दछन् । देवता र मानिसबिचको सम्पर्क व्यक्ति भएकाले धामीलाई मानिसहरू ’जीवित देवता’ (Living God) मान्दछन् ।
धामीले बोल्ने भाषा प्राचीन समयको खस भाषा हो जुन विभिन्न पुस्ताका धामीहरूबाट हस्तान्तरित हुँदै आएको हुन्छ । वर्तमान समयका खसहरूले बोल्ने भाषामा प्रयोग नहुने शब्दहरू पनि त्यसमा पर्दछन् । धामीको बोलीमा अक्सर आउने शब्दहरू पाली (उपासक), घाइ (बाजाको ताल), सिकपाती (तिलक), घाँट (घण्ट), भान ( वाहन), डौटो ( पछ्यौरा ), फाग (भजन), पुनिउ (पनियो), मथाउत (गाईको दुध), साजी ( बिहान दुहेको दुध), औतिनु (आङमा चढ्नु), पडेली खेल्नु ( आफ्नो भाषामा कुरा गर्नु), पतुर्नु (बाजाको तालमा नाच्नु ) आदि हुन् । धामीले बोलेको भाषालाई बोलीचालीको भाषामा उल्था गर्ने व्यक्तिलाई ’खावा’ भनिन्छ ।
सबै मष्ट देवता सबै धामीको शरीरमा उत्रिदैनन् । निश्चित मष्टो निश्चित धामीको शरीरमा चढ्छन् । जुन मष्टो देवता जुन धामीको शरीरमा चढ्छन्, त्यस धामीलाई तिनै देवताको ’कुलधामी’ भनिन्छ । यदि कुनै मष्टोलाई त्यसका उपासकहरूले आफ्नो गाउँमा लगेर थान बनाई राख्न खोजे भने त्यहाँ बन्ने नयाँ धामीले मूल मष्टास्थानको कुलधामीको छाप लिनुपर्दछ ।
सबै मष्ट देवता सबै धामीको शरीरमा उत्रिदैनन् । निश्चित मष्टो निश्चित धामीको शरीरमा चढ्छन् । जुन मष्टो देवता जुन धामीको शरीरमा चढ्छन्, त्यस धामीलाई तिनै देवताको ’कुलधामी’ भनिन्छ । यदि कुनै मष्टोलाई त्यसका उपासकहरूले आफ्नो गाउँमा लगेर थान बनाई राख्न खोजे भने त्यहाँ बन्ने नयाँ धामीले मूल मष्टास्थानको कुलधामीको छाप लिनुपर्दछ । त्यो छाप भनेको पूर्णिमाका अवसरमा हुने मूलस्थानको पूजामा सामेल भई देवता चढेपछि कुलधामीबाट ग्रहण गरिने अक्षताको टीका हो ( Gaborieu, १९७६ ः २२८) .
कुलधामी हुनका लागि कुनै प्रकारको जातीय वन्देज हुँदैन । ब्राह्मण, क्षत्री, दलित जो पनि हुन पाउँछन् र भएका पनि छन् । यस प्रचलनले पनि मष्टो संस्कृति छुत अछुतबिच पर्खाल खडा गर्ने वैदिक आर्यहरूको संस्कृति होइन भनी प्रमाणित गर्दछ । मष्ट संस्कृति भएको समाजमा दलित समुदायको धामीले पनि गाउँमा अन्य उपल्ला जातिका धामिले जत्तिकै मर्यादा र सम्मान प्राप्त गर्दछ । मष्टो पूजामा कुलधामीका अतिरिक्त अरू धामीहरू पनि सम्मिलित हुन्छन् जसले मष्टोका एकएक जना सहायक देवताहरूको प्रतिनिधित्व गर्दछन् । मष्टो पूजामा आवश्यक पर्ने अन्य व्यक्तिहरूमा डाडी, खावा र दमाई पर्दछन् । मन्दिरको रेखदेख गर्नुका साथै पूजाका भाँडाकुँडा र सरसामानको हेरविचार गर्ने पुजारीलाई ’डाड्री’ भनिन्छ । दमाईहरूले पूजाका अवसरमा र धामी बस्दा बाँसुरी, ढोलक, दमाहा, सनही आदि बाजा बजाउँछन् ।

१.५. मष्टोको उत्पत्ति
मष्टोको उत्पत्ति सम्बन्धमा मानिसहरूले आ–आफ्ना दृष्टिकोणअनुसारका तर्क प्रस्तुत गरेका छन् । एक थरीले मानसरोवरमा नाङ्गै पौडिरहेका अप्सराहरू देखेपछि भगवान् शिवजीको वीर्य स्खलन भएको, त्यसबाट आगोको ज्वाला उत्पन्न भएको र जाडाले कामेका अप्सराहरूले त्यो ज्वालाको आगो तापेपछि ती गर्भवती भएर एउटीले मष्टो जन्माएको र अर्कोले भवानी जन्माएको कथा भन्ने गर्दछन् । त्यस कथाको आधारमा मष्टोलाई शिवपुत्र मानिन्छ । अर्का थरीले कुशा भट्टको फागको आधार लिएर के भन्दछन् भने मष्ट भनेका इन्द्रकी पत्नी मण्डाल्नीतर्फका छोरा जयन्त हुन् र पाण्डवहरू खप्तड क्षेत्रमा आउँदा तिनलाई दाजु अर्जुनले बोलाएर त्यो क्षेत्रमा शासन गर्नू भनी निर्देशन दिएका हुन् । कुशा भट्टको फागमा भनिएको छ ः
कसका पुत गोशाइ ? कसका जाया ?
इन्द्रका पुत, मण्डाल्नीका जाया
फेरि अर्का थरीले बझाङे राजाका एक जना पुर्खा बद्रीनाथको दर्शन गरी फर्कंदा तिनको झोलामा एउटा शिला भेट्टिएको र बारम्बार फाल्दा पनि उक्त शिला झोलामा रहिरहेकाले र पछि सपनामा “तैंले फ्याँक्ने गरेको शिला म मष्टो देवता हुँ“ भनी भनेकाले बझाङको ढँडारमा ल्याई उक्त शिलालाई स्थापना गरी पूजाको परम्परा थालेका हुन् भन्ने कुरा गर्दछन् ।
यी माथि उल्लेख गरिएका भनाइहरू सबै काल्पनिक र मनगढन्ते देखिन्छन् । प्रायः गरी यस्ता भनाइहरू हिन्दु धर्मको असरमा रहेका ब्राह्मण र ठकुरीहरूको मुखबाट सुनिन्छ । स्थानीय खस क्षत्रीहरूलाई यस्ता कथाबारे कुनै जानकारी छैन ( गुरुङ, २०१७ ः १) । लोकजीवनका वीदेवतालाई वैदिक देवतासँग गाँस्ने यो प्रवृत्ति धार्मिक अतिक्रमण र हस्तक्षेपको मनोविज्ञानबाट ग्रसित छ ।
मष्टो पूजाका अवसरमा धामीले प्रस्तुत गर्ने क्रियाकलापहरू र चरणहरू शामनवादी चरित्रका भएकाले मष्टको उत्पत्ति अवैदिक पृष्ठभूमिमा भएको पुष्टि हुन्छ । एक थरी मानिसहरू धामिका क्रियाकलापहरू रोल्पा रुकुमको मगर बाहुल्य क्षेत्रमा प्रचलित झाँक्रीसँग मिल्दोजुल्दो हुनाले मष्टो पूजन झाँक्रीवादी परम्पराको उपज हो भनी भन्दछन् । मष्टका नौ दिदीबहिनी भएझैँ झाँक्रीका कैरनमा पनि नौ महिला प्रेतबारे उल्लेख गरेको पाइन्छ ।
मष्टो पूजाका अवसरमा धामीले प्रस्तुत गर्ने क्रियाकलापहरू र चरणहरू शामनवादी चरित्रका भएकाले मष्टको उत्पत्ति अवैदिक पृष्ठभूमिमा भएको पुष्टि हुन्छ । एक थरी मानिसहरू धामिका क्रियाकलापहरू रोल्पा रुकुमको मगर बाहुल्य क्षेत्रमा प्रचलित झाँक्रीसँग मिल्दोजुल्दो हुनाले मष्टो पूजन झाँक्रीवादी परम्पराको उपज हो भनी भन्दछन् । मष्टका नौ दिदीबहिनी भएझैँ झाँक्रीका कैरनमा पनि नौ महिला प्रेतबारे उल्लेख गरेको पाइन्छ । ती महिला प्रेतहरूले आफ्नो उत्पत्ति भेरी नदीको पश्चिमतिर भएको बताउँछन् (Hitchcock, १९७६ ः १८४ ) . तर कर्णाली प्रदेशमा परम्परागत रूपमा चल्दै आएका धामीका गतिविधिहरू हेर्दा ती रोल्पा रुकुमतिरका झांक्रीका भन्दा भिन्न देखिन्छन् । मष्टका नौ दिदीबहिनीहरू इष्टदेवीका रूपमा पुजिन्छन् भने झाँक्री परम्परामा जनतालाई दुःख दिने प्रेत भएकाले नौ दिदीबहिनीहरूलाई नियन्त्रण गरिन्छ र ठेगान लगाइन्छ । झाँक्री शामनहरू वनपाखामा र ओडारमा बस्ने इष्टप्रेत झाँक्रीलाई आफ्ना गुरु मान्दछन् र शरीरमा प्रेत उतारेर बिरामीलाई कुनचाहिँले दुःख दिएको छ अथवा गाउँघरमा कुनले नोक्सान पुयाएको छ, त्यो पत्ता लगाई मन्साउने गर्दछन् । तिनीहरू बिरामी र समस्या भएका मानिसका घरघर गएर शरीरमा प्रेत चढाई तन्त्रमन्त्र र जडीबुटी एवं मनोवैज्ञानिक पद्धतिबाट समेत रोगको उपचार गर्दछन् । तिनीहरू हातमा ढ्याङ्ग्रो बोकी हिँड्छन् र आफैँ बजाउँछन् । तर धामी भने मन्दिरअगाडि बनाइएको गादीमा बसी आफ्नो शरीरमा देवता चढाउँछन् र अरूले बजाएको बाजाको तालमा आफूलाई उत्तेजित बनाउँदै लगेर देवता चढेको अभिनय गर्दछन् । मानिसहरू धामीलाई देवताकै सम्मान दिन्छन् जुन सम्मान झाँक्रीले पाउन सक्दैनन् । झाँक्रीलाई काम गरेबापत पारिश्रमिक दिइन्छ जब कि धामीले देवतालाई चढाएका वस्तु र नगद ग्रहण गर्दछन् र मन्दिरको आम्दानीमा तिनको हिस्सा हुन्छ ।
कतिपय मष्टोबारेमा कलम चलाउने लेखकहरूले मष्टो खस राज्यमा नै उत्पत्ति भएका हुन् भनेका छन् । तिनीहरूले बझाङको ढंडारलाई मष्टोको मूलथलो बताउँछन् । त्यस तर्कको पछाडिको आधार भनेको जनबोली हो । मष्टो संसकृति भएको ठाउँका मानिसहरूको मुखबाट ’ढंडार फुट्यो, पखान छुट्यो’ भन्ने उखान निकै सुनिन्छ । त्यस भनाइको अर्थ हो ढंडारमा रहेका मष्ट छुट्टीभिन्न भएपछि पाखापखेरा चारैतिर फैलिएका हुन् ।
निश्चय नै अनुसन्धानको स्रोतमा जनबोली, उखान, फाग र लोकगाथा जस्ता विषयहरू पनि पर्दछन् । अलिखित समयको इतिहास भनेको यस्तै स्रोतसन्दर्भका आधारमा निर्माण गरिने कुरा हो । तर जनबोली, फाग र लोकगाथाको पृष्ठभूमि नहेरी ती सत्य हुन् भनी आँखा चिम्लेर स्विकार्न सकिन्न । मष्टलाई बझाङको ठंडारबाट अन्यत्र विस्तारित गरिएको हुनसक्छ । तर मष्टो संस्कृति केवल पश्चिमी नेपालमा मात्र सीमित नभएर नेपालबाहिर भारतको उत्तराखण्डसम्म पनि फैलिएको हुनाले मष्टोको उत्पत्तिको प्रसङ्गलाई स्थानीय परिवेशमा सीमित गर्न सकिन्न । जया नामका मष्टोको स्थान गढवालमा छ । कुमाउँको चम्पावत खिलपिति फांटमा अखिल तारिकादेवीको मन्दिरबाहिर मष्टोको पूजा गरिन्छ । कुमाउंअन्तर्गतकै प्रमुख सहर पिथौरागढको ६ किलोमीटर उत्तर–पश्चिममा चण्डाक मष्टोको मन्दिर रहेको छ जसलाई मानिसहरू ’मोष्टामानु’ (माडू) भन्दछन् (शाह, २०७३ ः २) ।
मष्टोसम्बन्धी खोजी गर्ने समाजशास्त्रीहरू, अनुसन्धानकर्ताहरू र दर्शनशास्त्रीहरू मष्टो परम्परा मानसरोवर क्षेत्रमा प्राचीन समयमा विकास भएको बोनवादी शामनवादको परिणाम हो भनी भन्दछन् । तिनीहरूका अनुसार पश्चिमी नेपालको कर्णाली क्षेत्र र भारतको उत्तराखण्डमा पर्ने कुमाउ र गढवाललाई मिलाएर आठौं शताब्दीतिर खसहरूले कत्युरी जनपद स्थापना गरेका थिए । पछि भारतबाट आएका चन्द राजपूतहरूले उक्त जनपदमाथि अधिकार जमाउँदा त्यहाँ शासन गरिरहेका एक थरी खसहरू मानसरोवरको दक्षिणमा रहेको खारी प्रदेश (वर्तमान ङारी प्रदेश) मा शासन चलाउन पुगे जहाँ बोन दर्शनको प्रभाव थियो । कर्णाली प्रदेशमा खसराज्यको स्थापना गर्ने रैका राजा नागराज तिब्बतको खारी प्रदेशबाट नै नेपाल पसेका हुन् । तिब्बतको खारी प्रदेशमा बोनमार्गीहरूले खोला, नदी, तलाउ, रुखलाई देवी र पहाड, चट्टान आदिलाई देवता मान्दथे र मरेका मानिसहरू प्रेतका रूपमा विचरण गर्दछन् भनी विश्वास गर्दथे । इष्टप्रेतलाई खुसी बनाउन सके तिनले आफूलाई दुःख दिने दुष्टात्माहरूलाई भगाइदिन्छन् भन्ने विश्वास तिनीहरूमा प्रबल थियो । खारी प्रदेशमा शासन गर्ने खस शासकहरू त्यही शामनवादी वोन संस्कृतिबाट प्रभावित भएर तिनीहरूले कर्णाली प्रदेशको खस राज्यमा त्यही प्रकृतिको शामनवादको विकास गरेको हुनुपर्दछ (ढुङ्गेल, २०१३ ः १) ।
मुगु र हुम्लातिर र जुम्लाकै सिञ्जा उपत्यकाअन्तर्गतको लेकपर भन्ने ठाउँमा लामा मष्टोलाई मानिन्छ । कतिपय बोनका प्रचलन समाविष्ट शामनवादी बौद्ध धर्मको प्रभावका कारण ती मष्टोलाई सात्त्विक प्रकृतिका देवता मानिन्छ र पशुबलि दिइन्न, रोटी, खिर, सातु आदि सात्त्विक खाना चढाइन्छ ।
मष्टो पूजासँग सम्बन्धित प्रचलनहरू हेर्दा उक्त भनाइ सत्यताको नजिक देखिन्छ । मुगु र हुम्लातिर र जुम्लाकै सिञ्जा उपत्यकाअन्तर्गतको लेकपर भन्ने ठाउँमा लामा मष्टोलाई मानिन्छ । कतिपय बोनका प्रचलन समाविष्ट शामनवादी बौद्ध धर्मको प्रभावका कारण ती मष्टोलाई सात्त्विक प्रकृतिका देवता मानिन्छ र पशुबलि दिइन्न, रोटी, खिर, सातु आदि सात्त्विक खाना चढाइन्छ । वैशाख, साउन, असोज, कार्तिक, मङ्सिर र माघ महिनाहरूका पूर्णिमामा बौद्धमार्गी र मष्टोमार्गी दुवै थरी एकै ठाउँमा जम्मा भई लामा मष्टोको पूजा गर्दछन् ( आत्रेय, २०६८ ः २९७) । त्यहाँ बुढा घरका धामीले त्यस पदको उत्तराधिकार लिनेबित्तिकै टुप्पी काट्छन् र लामाको भेषभूषा पहिरेर लामाकै भाषामा पतुर्छन् । लामा धामीको पडेलीमा मष्टाको परिचय दिंदा तिनको जन्म भोटमा भएको हो भनिन्छ ( पोखरेल, २०७६ ः १) । मष्टो पूजाका अवसरमा नाचिने देउडा नाचको खुट्टा चालनको विधि र गीतको भाका तिब्बती संस्कृतिको सेब्रु नाचको खट्टा चालनको विधि र गीतको भाकासँग मेल खान्छ । मष्टो स्थानको मोहडा अक्सर उत्तरतर्फ फर्काइनुको कारण पनि मष्टोको सम्बन्ध उत्तरतर्फ रहेको मानसरोवरसँग सम्बन्धित छ भनी सङ्केत गर्नु हो । धामीका आचरणहरू झन्डै बोनपोहरूका जस्ता हुन्छ । पुरानो बोन दर्शनमा झैँ मष्टो धामीवादमा पनि भवानीहरूका स्थानमा बलि चढाइन्छ । नौ भवानीका नाममध्येका ठिंग्याल्नी र पुँग्याल्नी तिब्बती भाषाका नाम हुन् ।
१.६. ’मष्टो’ नाम सम्बन्धमा
मष्टो नाम पनि शामनवादी परम्परासँग जोडिएको देखिन्छ । खस आर्यहरूको इतिहास केलाउंदा तिनीहरूले उक्त नाम इसापूर्व ५५० देखि ३३० सम्म पर्सिया (इरान) मा विकसित भएको हिन्द– इरानी शामनवादमा उल्लेख गरिएका आत्मा ’अहुर मज्डा’ को नामबाट लिएको देखिन्छ । प्राचीन पर्सियामा जोरेस्ट्रेनी शामनवादका अनुयायीहरूले पुज्ने ’अहुर मज्डा’ अस्थिर प्रकृतिका शक्तिशाली इष्टप्रेत थिए जसले दुष्ट प्रकृतिका प्रेतहरूलाई नियन्त्रणमा लिन्थे । उनले सही काम गर्ने प्रेतहरूलाई मन पराउँथे भने दुष्ट चरित्रकालाई सजाय दिन्थे । जोरस्ट्रेनीहरू आफूमा कुनै रोग वा विपत्ति आइलाग्यो भने त्यो दुष्ट प्रेतले गर्दा भएको हो भनी सोच्दथे र तिनलाई तह लगाउन मज्डाको पुकार गर्दथे । पर्सियाली सत्ताले लडाइँमा फौजलाई बल प्राप्त होस् भनी सेता घोडालाई खाली रथ तान्न लगाएर मज्डाको आह्वान गर्दथ्यो । खसहरूको मूल थलो पर्सिया भएकाले तिनीहरू कर्णाली प्रदेशमा आउँदा मज्डा प्रेतलाई मान्ने शामनवादी आचरण आफ्नो साथमा लिएर आएको हुनुपर्छ र मज्डाको अपभ्रंशबाट ’मष्टा’ अथवा ’मष्टो’ नाम रहेको हुनुपर्दछ ।
नेपालका चर्चित भाषाशास्त्री बालकृष्ण पोखरेलले ’खस जातिको इतिहास’ मा यही खालको विचार व्यक्त गरेका छन् । उनले बान्नी मष्टोलाई असुर मज्डाको हिमाली अवशेष भनेका छन् (Sahi, २०२१ ः ८ ) । मष्टोसंगै जोडिएका प्रेतदेवता वराहको पूजाले पनि मष्टोको सम्बन्ध जोरस्ट्रनी प्रेतदेवतासँग भएको प्रमाणित हुन्छ ।
नेपालका चर्चित भाषाशास्त्री बालकृष्ण पोखरेलले ’खस जातिको इतिहास’ मा यही खालको विचार व्यक्त गरेका छन् । उनले बान्नी मष्टोलाई असुर मज्डाको हिमाली अवशेष भनेका छन् (Sahi, २०२१ ः ८ ) । मष्टोसंगै जोडिएका प्रेतदेवता वराहको पूजाले पनि मष्टोको सम्बन्ध जोरस्ट्रनी प्रेतदेवतासँग भएको प्रमाणित हुन्छ । जोरस्ट्रनी शामनवादमा मज्डाका सहयोगी देवता ’वरद्रन्य’ विजयका देवता थिए र उनलाई ’वहराम’ का नामले पनि पुकारिन्थ्यो । वैदिक आर्यका देवता इन्द्रसँग तिनको तुलना गरिन्छ किनभने दुवैका गतिविधि झन्डै उस्तै रहेका देखिन्छन् । जोरस्ट्रनी मतको प्रभाव भएको खस संस्कृतिमा वहरामलाई ’वराह’ नामले पुज्ने गरेको र उनीसंग सम्बन्धित जनावर बँदेललाई उनको प्रतीक मानिएको हुनुपर्दछ ।
वैदिक आर्य र खस आर्य विगतमा पर्सियाको एउटै पृष्ठभूमिबाट फरक दिशातर्फ बसाइँसराइ गरेका मानव समूह हुन् । ती दुवै घरी पर्सियामा रहँदा शामनवादी नै भएको र दुवै थरी मज्डाबाट प्रभावित भएको बुझिन्छ । वैदिक आर्यहरूको ग्रन्थ अथर्ववेदमा पनि भूतप्रेतबाट जोगिनका लागि व्यवहारमा अपनाइने टुनामुना, जादु र तन्त्रमन्त्रहरू प्रशस्त मात्रामा उल्लेख गरिएको पाइन्छ (सिन्हा, २०१२ ः ५) । खसहरूले मज्डालाई सीधै आफ्ना इष्टदेवता मष्टा बनाए भने वैदिक आर्यहरूले पनि सुरुमा आर्य देवता ’अहुर मज्डा’ लाई वरुण, मित्र र अपाम नापत तीन फरक देवताका रूपमा उपासना गरे । यस कुराको उल्लेख इरानमा भेटिएका शिलालेखमा गरिएको छ ( Boyce, १९७९ ः १५६–१६२) वैदिक आर्यहरूको ग्रन्थ ऋग्वेदमा उल्लेख गरिएका असुर देवता अहुर मज्डा नै हुन् भनी केही विद्वान्हरू भन्दछन् । तिनीहरूका अनुसार ’अहुर’ को अपभ्रंश ’असुर’ भएको हो । हुन पनि ऋग्वेदमा असुर देवताप्रति आस्था प्रकट गरिएको पाइन्छ । पछि पौराणिक कालमा आएर मात्र पछिल्लो समयका आर्यहरूले देव र असुरबिच विभाजनको रेखा कोरी असुरहरूलाई दैत्य दानवका रूपमा चित्रण गरेका हुन् (Hopkins, २०१२ ः २) ।
मष्टो देवताको पूजा वैदिक देवीदेवतालाई झैँ दैनिक रूपमा गरिँदैन । गाउँलेहरूबाट समस्या आएका बेला धामी बसाल्ने माग भएपछि मात्र घरमाडूमा मष्टोको पूजा हुन्छ भने वर्षको चार पटक अक्सर वैशाख पूर्णिमा, श्रावण पूर्णिमा, कार्तिक पूर्णिमा र माघ पूर्णिमामा धूमधाम उत्सव र मेलाका साथ वनमाडूमा पूजा गरिन्छ । पूजाको समय पनि ठाउँअनुसार फरक पाइन्छ । यो पूजा, स्तुति, जप, ध्यान आदि विधिले गरिन्न, धामीवादी आचरणअनुसार पूजा हुन्छ ।
१.७. धामीवादी आचरणअनुसार मष्टो पूजा
मष्टो देवताको पूजा वैदिक देवीदेवतालाई झैँ दैनिक रूपमा गरिँदैन । गाउँलेहरूबाट समस्या आएका बेला धामी बसाल्ने माग भएपछि मात्र घरमाडूमा मष्टोको पूजा हुन्छ भने वर्षको चार पटक अक्सर वैशाख पूर्णिमा, श्रावण पूर्णिमा, कार्तिक पूर्णिमा र माघ पूर्णिमामा धूमधाम उत्सव र मेलाका साथ वनमाडूमा पूजा गरिन्छ । पूजाको समय पनि ठाउँअनुसार फरक पाइन्छ । यो पूजा, स्तुति, जप, ध्यान आदि विधिले गरिन्न, धामीवादी आचरणअनुसार पूजा हुन्छ ।
पूजा हुने दिन थानमा कुलधामी कुन बेला आउँदै छ भन्ने सूचना पहिले नै दिइन्छ र तोकिएको समयमा अगाडि दमाई टोलीलाई बाजा बजाउन लगाउँदै र अन्य सहायक धामी, खावा र गाउँलेहरूलाई पछि लगाउदै लावा लस्करसाथ कुलधामी आउँछ । अन्य धामीहरूले पनि कुलधामीकै जस्तो पहिरन गरेका हुन्छन् र हातमा चमर, घण्टा आदि समातेका हुन्छन् । खावाले हातमा चामल र ध्वजाहरू लिएको हुन्छ । कुलधामीको त्यस आगमनलाई थानमा जम्मा भएका दर्शनार्थीहरूले निकै उत्साहका साथ हेर्दछन् ।
घरमाडूको पूजा सामान्य रूपमा एकै दिनमा सम्पन्न गरिन्छ । विहान ब्राह्मणले मष्टोको पूजापाठ गरिसकेपछि कुलधामी आएर फेटा फुकाली सबैभन्दा पहिले आफूलाई पवित्र जलले सेचन गर्दछ र आफ्ना सहयोगीहरूलाई टीका लगाई पूजाको आरम्भ गर्दछ । ब्राह्मणले पूजापाठ गर्ने प्रचलन विगतमा थिएन । हिन्दूकरणको प्रभावका कारण यो पछि थपिएको हो । धामीले टीकाटालाको काम सम्पन्न गरिसकेपछि मष्टको थानमा दियो बाल्छ । त्यसपछि दमाईहरूले बाजा बजाउन सुरु गर्दछन । बाजाको ताल घन्केसँगै धामीले मुन्टो बटार्दै नाच्न थाल्छ । नाच्दै गर्दा जब ऊ काम्न थाल्छ, दर्शकले उसको शरीरमा मष्टो देवता उत्रिए भनी सोच्दछन् । देवता चढेको धामी काम्दै ’गादी’ (गद्दी ) मा गएर पलेटी मारी बस्छ । धामीको दाहिनेतिर भुइँमा खावा बस्छ भने देब्रेतिर डाग्री बस्दछ । सबैभन्दा पहिले धामीले पडेली फलाक्छ । ’पडेली’ भनेको मष्टोको लवजमा बोलिने कथन हो । त्यसपछि समस्या लिएर आएका मानिसहरू उसको सामुन्ने उपस्थित भई भेटी चढाएर गादीमा शिरले ढोग्दै आफ्ना कुरा पोख्न थाल्छन् । धामीले सबैका कुरा सुन्छ, तिनको निहुरिएको पिठ्यूँमा आफ्ना लट्टा बजार्छ, शरीरमा अक्षता छरिदिन्छ र घण्टीले सात–आठ पटक टाउकामा छुन्छ । त्यसो गर्नुको तात्पर्य तिनीहरूको शरीरमा प्रवेश गरेको प्रेतलाई धपाएको अभिनय हो । त्यसपछि त्यसले एकएक गरी सबैका समस्या के हुन र तिनको उपचार विधि के हो बताइदिन्छ । आडमा बसेको खावाले त्यसले भनेका कुरालाई बुझ्ने भाषामा उल्था गरिदिन्छ । देवता बस्ने काम सकिएपछि देवतालाई दुध र खिर चढाइन्छ । त्यसपछि धामी घरतर्फ लाग्छ भने डाग्रीले बोकाहरू रेट्दै देवतालाई रगत चढाउँदै गर्छ र मासुलाई प्रसादका रूपमा त्यहाँ उपस्थित सबैलाई बाँड्ने काम गर्दछ ।
वनमाडूमा गरिने पूजाको प्रक्रिया पनि घरमाकै जस्तो हुन्छ । तर त्यसलाई विशेष तामझामका साथ सम्पन्न गरिन्छ । त्यसरी गरिने वनमाडूका पूजाहरूमध्ये बझाङको चैतली मेला, खप्तडको गड्गा दशहरा र जुम्लाको मष्टो पूजा निकै प्रख्यात छन् । ती पूजाका अवसरमा मानिसहरू टाढाटाढाबाट ठुलो सङ्ख्यामा आउँछन् । वनमाडूको पूजा कहीं चतुर्दशी र पूर्णिमा गरी दुई दिन लगाएर गरिन्छ भने कहीं एकादशीदेखि पूर्णिमासम्म पाँच दिनसम्म गरिन्छ । पूजा सुरु हुनुभन्दा केही दिनपहिले नै मानिसहरूले आवश्यक पर्ने चामल, पिठो, घिउ र बलि दिने पाठाहरू तयार गरेर राख्दछन् । पहिलो दिन पूजाको सुरुआत दिउँसो मध्यान्हबाट गरिन्छ । बिहानको खाना खाइसकेपछि मानिसहरू एकएक गरी वनमाडूमा जम्मा हुन थाल्छन् । सबैभन्दा पहिले महिलाहरूले मङ्गल गान गाउँछन् । त्यस्तै ११ बजेतिर दमाईहरूलाई अगाडि बाजा बजाउन लगाउँदै कुलधामी आफ्ना सहयोगी र अन्य धामीहरूका साथ थानमा आइपुग्छ । प्राङ्गणमा प्रवेश गरेपछि घरमाडूको पूजामा झैं पहिले फेटा फुकालेर आफूलाई जलले सेचन गर्दछ र सहयोगीहरूका साथै दमाई टोलीलाई टीका र ध्वजा लगाइदिन्छ । त्यसपछि दमाईहरूको बाजाको तालमा अरू धामीहरूसँगै नाच्न थाल्छ । नाच गम्कँदै गएपछि धामीहरू झन्झन् बढी जोडले मुन्टो बटार्ने र काम्ने गर्न थाल्छन् । तिनीहरूको कम्पनमा तीव्रता ल्याउन दमाईहरूले बाजा रन्काउँदै लैजान्छन् । नाचका तालमा सहायक धामी र वाहनहरूले आज्ञा पालन गरेको उफ्रेको, केही समातेको, बोकेको, दुष्ट प्रेतहरूलाई हतकडी, नेल र गलफन्दा लगाएर सजाय दिएको जस्ता अभिनयहरू प्रदर्शन गर्दछन् । तिनीहरूले तताएको तेलमा हात राख्ने र आगोमा टेक्नेजस्ता चटकहरू पनि देखाउँछन् । धामीवादमा चटक अथवा जादु हुन्छ । मष्टो धामीहरूले नाङ्गो हत्केलामा जौ मलेर तरेखु बनाउने, मुखबाट ढुङ्गा निकाल्ने, दुधका धारा बगाइरहनेसम्मका चटक देखाउँछन् । किरण, २०६५ ः ७४) ।
अरू धामीहरूले दर्शकहरूलाई चटक देखाइरहेका बेलामा कुलधामी भने शरीरमा मष्टो देवता चढेको अभिनय गर्दै, नाच्दै र काम्दै मष्टोथानभित्र प्रवेश गर्दछ र त्यहाँ रहेको गादीमा गई पलेटी मारेर पडेल्न थाल्छ । घरमाडूमा झैं त्यहाँ पनि उपासकहरू भेटी चढाएर गादीमा शिर राखी धामीका अगाडि निहुरिन्छन् र धामीले तिनको शरीरको भूतप्रेत खेदेर तिनलाई शुद्ध बनाई तिनका समस्याको समाधान गरिदिन्छ । वनमाडूमा धामी नाच रातभर चलिरहन्छ ।
भोलिपल्ट पूर्णिमाका दिन जब उपासकहरू बिहान सबेरै मष्ट थानमा चामल, अक्षता, गहुँको पिठो जस्ता पूजा सामान र बलि चढाइने बोका, कुखुरासाथ थानमा उपस्थित हुन्छन्, सबैभन्दा पहिले डाङ्ग्रीलाई जजमान बनाएर ब्राह्मणहरूले वेद पाठ गर्दै अग्निकुण्डमा हवन कार्य गरेर मष्टको उपासना गर्दछन् । मष्टपूजामा परम्परागत शामनवादी गतिविधिमा आधारित पूजा र वैदिक पूजा गरी दुई खालका पूजापद्धतिहरू समाविष्ट भएका देखिन्छन् । तर विगतमा मष्टो पूजा केवल धामीद्वारा गराइन्थ्यो ।
त्यसमा हिन्दु ब्राह्मणको उपस्थिति हुँदैनथ्यो । प्राचीन समयमा खस समाज भट्ट ब्राह्मण, ठाकुर, क्षत्री, शूद्र आदि जातीय समुदायमा विभाजित भए पनि वर्णव्यवस्था कट्टर खालको थिएन । ब्राह्मणहरूले हलो जोत्ने गर्दथे । जातीय छुवाछुतको वातावरण समाजमा थिएन । सबै वर्ण र जातिका मानिसहरू शामनवादी सोचबाट सञ्चालित थिए । एक शुद्र परिवारको व्यक्ति पनि धामी हुन सक्दथ्यो । तर पछि दक्षिण भारतबाट वैदिक आर्यहरूको आगमन भएपछि मष्टो पूजामा वैदिक धर्म प्रवेश गयो । यस तथ्यलाई मानवशास्त्री डोरबहादुर विष्टले कर्णाली क्षेत्रमा प्रचलित एउटा लोककथनको हवाला दिँदै गुरो मष्टले वैदिक धर्मको हस्तक्षेपप्रति असन्तोष जनाउँदै हिन्दु ब्राह्मणलाई “तिम्रा सन्तान राम्रा अनुहारका जन्मिए बोली नराम्रो होस् र बोलीवचन राम्रो भएअनुहार कुरूप होस्“ भनी श्राप दिएको घटनाको उल्लेख गरेका छन् (Bista, २००८ः ३१ )
मष्टो पूजामा हिन्दु संस्कृतिको प्रवेश भए पनि त्यसमा ब्राह्मण पुरोहितहरूको भन्दा धामी शामनकै भूमिका प्रमुख हुन्छ । ब्राह्मणहरूले हवन गरिरहेको समयमा समेत बाहिर धामीहरू दमाईबाजाको तालमा नाचिरहेका हुन्छन् । भवानीलाई बलि चढाउने बेलामा त काम्दै नाचिरहेको कुलधामीले काटिएको बोकालाई उचालेर त्यसको गर्धनबाट निस्केको तातो रगत पिउँछ, अरू धामीलाई रगतले छर्किन्छ र नाच्दै थानको परिक्रमा गर्दछ । रगतका छिटाले सबै धामीको सेतो पहिरन रक्ताम्मै हुन्छ । शरीरमा रगत परेपछि अरू धामी पनि उत्तेजित हुँदै झन् जोडले काम्न र नाच्न थाल्छन् । देवता चढेपछि कुलधामी फेरि गादीमा गएर बस्छ र बाँकी रहेका उपासकहरूका समस्या समाधान गरिदिन्छ । यता भवानीको थानमा बोका, भेडा, कुखुरा आदि काटिइरहेका हुन्छन् र कठायतले बलि दिएका पशु र कुखराको रगत देवीलाई चढाएर मासुलाई प्रसादका रूपमा वितरण गरिरहन्छ ।
.
मष्टो पूजामा हिन्दु संस्कृतिको प्रवेश भए पनि त्यसमा ब्राह्मण पुरोहितहरूको भन्दा धामी शामनकै भूमिका प्रमुख हुन्छ । ब्राह्मणहरूले हवन गरिरहेको समयमा समेत बाहिर धामीहरू दमाईबाजाको तालमा नाचिरहेका हुन्छन् । भवानीलाई बलि चढाउने बेलामा त काम्दै नाचिरहेको कुलधामीले काटिएको बोकालाई उचालेर त्यसको गर्धनबाट निस्केको तातो रगत पिउँछ, अरू धामीलाई रगतले छर्किन्छ र नाच्दै थानको परिक्रमा गर्दछ । रगतका छिटाले सबै धामीको सेतो पहिरन रक्ताम्मै हुन्छ । शरीरमा रगत परेपछि अरू धामी पनि उत्तेजित हुँदै झन् जोडले काम्न र नाच्न थाल्छन् । देवता चढेपछि कुलधामी फेरि गादीमा गएर बस्छ र बाँकी रहेका उपासकहरूका समस्या समाधान गरिदिन्छ । यता भवानीको थानमा बोका, भेडा, कुखुरा आदि काटिइरहेका हुन्छन् र कठायतले बलि दिएका पशु र कुखराको रगत देवीलाई चढाएर मासुलाई प्रसादका रूपमा वितरण गरिरहन्छ ।
१.८. पूजामा अन्तर्निहित दर्शन मष्टो धामीवाद
मष्टो पूजामा देखिएको धामीको शामनवादी आचरण वोन दर्शनबाट प्रभावित भए पनि अथवा मष्टोको नाम जोरष्ट्रनी शामनवादका मज्डा देवतासँग जोडिए पनि पश्चिमी नेपालमा मष्ट धामीको शामनवादी आचरण र गतिविधिको आफ्नो छुट्टै स्थानीय विशेषता छ । दर्शनको स्रोत तिब्बत वा इरान जे भए पनि यो नेपाली माटोमा हुर्केको स्थानीय चिन्तन धारा हो । मष्टो शामनका गतिविधिहरूमा विभिन्न ऐतिहासिक कालखण्डका खस पुर्खाहरूका सोचाइ र अनुभूति जोडिएका छन् । मष्टो धामीवादले स्थानीय प्रचलनहरूलाई आफूमा समाहित गरेको छ । लामो समयसम्मको स्थानीय संस्कृतिसंगको अन्तर्घुलनले यो आफ्नै मौलिक चरित्रको शामनवादमा विकसित भएको छ ।
प्रत्येक मष्टो संस्कृति भएका गाउँका बासिन्दाहरू मष्टो धामिवादको प्रभावमा रहेका हुन्छन् । तिनीहरू देवात्मा र प्रेतात्मा असन्तुष्ट भए भने तिनले दुःख दिन्छन् र खुसी बनाएमा घरगोठ, पशुधन र वोट–वनस्पतिको रक्षा गर्दछन् भन्ने कुरामा विश्वास गर्दछन् । मानिसहरूमा के सोचाइ पनि छ भने जल, जमिन, वनजङ्गल, नदी, नाला, पहाड, पर्वत आदिमा मानिसको मात्र हक नलागी देवीदेवताहरू र भूतप्रेतहरूको पनि हक लाग्छ। त्यसै भएर गाउँघरमा नयाँ बाली पाक्दा मष्टो देवतालाई र अन्य प्राकृतिक देवीदेवतालाई चढाएर मात्र खाने चलन छ । मानिसहरू पूजाका अवसरमा मष्टले सधैँ अन्न उब्जाउन सहयोग गरुन् भनी कामना गर्दछन् । बाहुन, क्षत्री र अन्य पहाडी जातिले गर्ने न्वागी पूजा यही मष्टो धामीवादी प्रचलनको परिणाम हो ।
मष्टो धामीवाद नेपालमा प्रचलित हिन्दु, बौद्ध, इसाई र इस्लाम धर्महरूभन्दा बिलकुल फरक प्रकृतिको छ । यसमा स्वर्ग र मोक्षको चाहना हुँदैन, केवल सुखशान्तिको चाहना हुन्छ । मानिसहरू देवतासँग परलोककाभन्दा इहलोककै मागहरू प्रस्तुत गर्दछन् । उपासकहरू प्राकृतिक प्रकोपबाट बचियोस्, पशुधनको रक्षा होस्, परिवारमा कुनै प्रकारको रोगव्याधि नलागोस्, आयु लामो होस्, हराएको वा चोरी भएको सामान पाइयोस्, विदेशमा नोकरी गर्न गएका आफन्तलाई कुनै विपत्ति आइनलागोस् जस्ता सामान्य कुराहरू देवतासमक्ष राख्दछन् (न्बदयचष्भग,१९७६ ः २३४) . मष्टो धामीवादी आचरणमा अन्य धर्महरूमा झैँ हात जोडेर सीधै देवतासँग माग गरिन्न, धामी बसालेर धामीमा नै देवतासँग साक्षात्कार गरिन्छ ।
मष्टो धामीवाद नेपालमा प्रचलित हिन्दु, बौद्ध, इसाई र इस्लाम धर्महरूभन्दा बिलकुल फरक प्रकृतिको छ । यसमा स्वर्ग र मोक्षको चाहना हुँदैन, केवल सुखशान्तिको चाहना हुन्छ । मानिसहरू देवतासँग परलोककाभन्दा इहलोककै मागहरू प्रस्तुत गर्दछन् । उपासकहरू प्राकृतिक प्रकोपबाट बचियोस्, पशुधनको रक्षा होस्, परिवारमा कुनै प्रकारको रोगव्याधि नलागोस्, आयु लामो होस्, हराएको वा चोरी भएको सामान पाइयोस्, विदेशमा नोकरी गर्न गएका आफन्तलाई कुनै विपत्ति आइनलागोस् जस्ता सामान्य कुराहरू देवतासमक्ष राख्दछन् (Gaborieu,१९७६ ः २३४) . मष्टो धामीवादी आचरणमा अन्य धर्महरूमा झैँ हात जोडेर सीधै देवतासँग माग गरिन्न, धामी बसालेर धामीमा नै देवतासँग साक्षात्कार गरिन्छ । धामीवादमा देवतालाई आफ्नो शरीरमा उतार्ने सक्ने र बोल्न लगाउन सक्ने मानिसको नियन्त्रणात्मक अभिनय र जादुमय कला समाविष्ट हुन्छ । यो भौतिकवादबाट प्रेरित गतिविधि हो । अन्धविश्वासयुक्त भए पनि हिन्दु धर्मको आचरणभन्दा मष्टो पूजाको आचरण प्रगतिशील देखन्छ। भारतको उत्तराञ्चल प्रदेशको कुमाउँ अन्तर्गत रहेको पिथौरागढ सहर नजिकैको चण्डाक मष्टोको थान मोष्टामानुमा वर्षा नभएका बखत मानिसहरू ती देवताको पूजा गरी उनीसँग वर्षाको अपेक्षा गर्दछन् । पूजापछि वर्षा हुन्छ भन्ने विश्वास गर्दै सुक्खा मौसममा पनि मानिसहरू त्यस पूजामा जाँदा छाता ओढेर जाने गर्दछन् (शाह, २०७३ ः २) ।
मष्टोमार्गीहरूले मष्टो देवतालाई प्रकृतिकै रूप मान्दछन् । प्रकृतिको रूप मानिएकाले तिनको मूर्ति बनाइन्न । मष्टोलाई प्रत्येक वस्तु र जीवमा उपस्थित हुने आकारविहीन देवता ठानिन्छ । मष्टो संस्कृतिबाट प्रभावित मानिसहरू अनेकौं प्राकृतिक तत्त्वहरू जल, नदी, पर्वत, जङ्गल, वायु, मेघ, वृक्ष, चट्टान आदिको पूजा गर्दछन् । तिनीहरू के सोच्दछन् भने शिला, वायु, वनजङ्गल, खोलानाला, पर्वत, डाँडाकाँडा आदि विभिन्न ठाउँमा दुष्ट प्रेत र इष्टप्रेत (प्रेतदेवता) को वास हुन्छ र ती जनावर, पन्छी, सर्प आदिका रूपमा विचरण गर्दछन् । मष्टोसँग जोडिएका कतिपय देवीहरू पर्वत, भूमि, आदिका रूपमा देखिन्छन् – जस्तो शिलासँग सम्बन्धित शिलादेवी वा शैलेश्वरी, भुवन (पृथ्वी) सँग सम्बन्धित भुवनेश्वरी, सुरमा तालसँग सम्बन्धित सुर्मादेवी, मल्लागिरी पर्वतसँग सम्बन्धित मालिका, दुर्गति नास्ने दुर्गादेवी आदि । देवीचन्द्र जैसीले लेखेको सुर्मादेवीको इतिहासमा एक भाइ मष्टो र सोह्र बहिनी भवानीहरू हिमच्छादित पहाडको पानीमा देखिएको छायामा उत्पन्न भएका हुन् भन्ने किंवदन्ती पाइन्छ (खराल, २०७४ ः ६८ ) ।
मष्टो धामीवादमा दिन–रात, उज्यालो – अँधेरो, जाडो – गर्मी आदिलाई प्रकृतिको स्वरूपको परिवर्तन मानिन्छ । प्रकृतिका सबै स्वरूपसँग मानिसको तालमेल होस् भनी सबै ऋतुको आगमनसँगै मेला र उत्सवका साथ वनमाडूमा मष्टोको पूजा गरिन्छ । वैशाख पूर्णिमाको पूजा वसन्त ऋतुसँग सम्बन्धित छ, साउन पूर्णिमाको पूजा ग्रीष्म अथवा वर्षा ऋतुसँग सम्बन्धित छ, कार्तिक पूर्णमाको पूजा शरद् ऋतुसँग सम्बन्धित छ र माघ पूर्णिमाको पूजा हिउँदसँग सम्बन्धित छ । बाइसी चौबिसी शासनकालमा जुम्लाका रैका राजा जाडो सुरु भएपछि कार्तिक पूर्णमामा मष्टो पूजा सम्पन्न गरेर जाडो छल्न जुम्लाबाट दुल्लुतिर ओर्लने गर्दथे र वैशाख पूर्णिमाका दिन मष्टो पुजेपछि शीतकालीन दुल्लुको दरवारबाट सिञ्जाको आफ्नो प्रमुख दरबारमा फर्कने गर्दथे ।
मष्टो धामीवादी दर्शनमा पनि बोन दर्शनमा झैँ दुई विपरीत पक्षको उल्लेख पाइन्छ । बोन दर्शनको इष्टआत्मा र दुष्ट आत्मा, प्रकृतिको उज्यालो पक्ष र अँधेरो पक्ष, दिन र रात, सेतो र कालो जस्ता दुई विपरीत पक्षको अवधारणा मष्टो धामीवादमा पनि पाइन्छ । मष्ट देवताहरूलाई दुई विपरीत स्वभावमा हुन्छन् – रौद्र हिंस्रक स्वभावका र शान्त सात्त्विक स्वभावका । दारे मष्टो रौद्र स्वभावका हिंस्रक मष्टो हुन् । तिनले आफ्ना तिखा दाराले बोका पाठाको घिच्रो छिनालेर रगत खान्छन् भनी विश्वास गरिन्छ । त्यसै भएर तिनको पूजामा धामीले बलि दिएको पाठको घिच्रोमा दाँत गाडी रगत पिउँछन् । दुधे मष्टोलाई भने शान्त स्वभावका सात्त्विकी मष्टो मानिन्छ र तिनलाई धामीले सात्त्विकी भोजन दुध चढाउँछ । यी दुई स्वभावका मष्टलाई फरक रङमा व्यक्त गरिन्छ । मानिसहरू दुधे मष्टको रङ दुध जस्तै सेतो हुन्छ भन्दछन् । त्यसकारण तिनको शिला पनि सेतै स्थापना गरिन्छ । रौद्र स्वभावका दारे मष्टोको रङ कालो हुन्छ भनिन्छ र तिनलाई कालो शिला मष्टो नामकरण गर्दै कालै शिला स्थापना गरिन्छ । ध्वजा चढाउने सबालमा पनि दूधे मष्टोलाई सेतो धजार दारे मष्टलाई रातो धजा चढाइन्छ ।
मानिसहरू भूतप्रेतलाई दुःख दिने अहितकारी मात्र होइन, सहयोग गर्ने हितकारी पनि ठान्दछन् र बलि, भोग र कर्मकाण्डको माध्यमबाट तिनलाई खुसी बनाउन, मन्साउन वा तह लगाउन सकिन्छ भन्दछन् । मष्टो संस्कृतिको प्रभावमा परेका गाउँका मानिसहरू बाबुबाजेका पालामा मष्टो देवताले घाँस–पराल ल्याइदिन्थे, गाईभैंसी दुहिदिन्थे, खेतबारी खनिदिन्थे भनी अनेक कथा हाल्दछन् । कथाहरू कपोलकल्पित भए पनि तीबाट मानिसले मष्टोलाई सहयोगी र उपकारी ठान्ने रहेछन् भनी बुझिन्छ ।
अन्य धार्मिक दर्शनका कतिपय अनुयायीहरूमा धार्मिक आडम्बर पाइन्छ । तिनका कतिपय प्रार्थना र पूजाआजा देखावटी लाग्दछन् । तर सुदूर पश्चिमी पहाडी प्रदेशको खस समुदायमा मष्टोप्रति र धामीको वचनप्रति असीम विश्वास पाइन्छ । यदि कसैले गल्ती गयो र पीडित पक्षले मष्टो धामीसमक्ष सिकायत लिएर गयो भने तिनीहरू निकै त्रसित हुन्छन् । तिनीहरूको मनमा यदि मष्टोले आफूलाई नराम्रो ठाने भने बिगार गर्दछन् भनी पहिले नै गल्ती महसुस गरी त्यसलाई सच्याउने गर्दछन् । अदालतमा कर्मचारीलाई घुस खुवाएर जितेका कतिपय जग्गा–खिचोलासम्बन्धी मुद्दाहरू मष्टो धामीको इजलासमा पुगेपछि उल्टिन पुग्छन् । कतिपय अदालती फैसलाका कागजपत्रहरू मष्टो थानअघि धामीले सहमतिमा च्यातिदिएका कुरा गाउँलेहरू बताउँछन् (Gaborieu, १९७६ ः २३४) ।
मष्टोलाई मानिसहरू न्याय इन्साफका प्रतिक मान्दछन् । यो वास्तवमा देव आस्थाभन्दा पनि धामीवादप्रतिको आस्था हो । कर्णाली प्रदेशमा बाली लगाउँदा, बाली काटेर थन्क्याउँदा, घारबाट मह झिक्दा, गाईभैंसी खरिद गर्दा वा बेच्दा र विदेशमा जानका लागि साइत गर्दा मष्टो धामीले तोकेको दिनमा गर्ने प्रचलन छ ।
मष्टोलाई मानिसहरू न्याय इन्साफका प्रतिक मान्दछन् । यो वास्तवमा देव आस्थाभन्दा पनि धामीवादप्रतिको आस्था हो । कर्णाली प्रदेशमा बाली लगाउँदा, बाली काटेर थन्क्याउँदा, घारबाट मह झिक्दा, गाईभैंसी खरिद गर्दा वा बेच्दा र विदेशमा जानका लागि साइत गर्दा मष्टो धामीले तोकेको दिनमा गर्ने प्रचलन छ । मानिसहरू विरामी हुनुको कारण खानपिन र सरसफाइमा हुने कमजोरी हो र निको हुन औषधीको सेवन गर्नुपर्छ भन्ने कुरामा भन्दा दुष्ट प्रेतहरू असन्तुष्ट भएर आफूलाई बिरामी बनाएका हुन् भनी सोच्दछन् र निको हुन मष्टो धामीकै शरणमा जान्छन् ।
विश्वको इतिहास हेर्दा कबिला समाजको निम्न चेतनाबाट सुरु भएको प्रकृतिवाद पछिल्लो अवधिमा दुई बाटा लागेको देखिन्छ । त्यसको एउटा धार रहस्यवादी तथा अध्यात्मवादतर्फ मोडिन्छ भने अर्को धार भौतिकवादतर्फ मोडिन्छ । निश्चय नै मष्टो धामीवादले धार्मिक आस्थाको रूप लिएको छ । यो यथार्थमा भ्रान्त र रहस्यमय चेतनायुक्त दर्शन नै हो । यसमा अन्धविश्वास जोडिएको छ । तर पनि यो अन्य ईश्वरवादी र प्रत्ययवादी दर्शनहरूभन्दा भिन्न छ । प्राकृतिक भएको नाताले यसको दिशा भौतिकवादतर्फ उन्मुख छ ( किरण, २०६५ ः ४१) ।
३.९. निष्कर्ष
आज देशका राजनीतिक, सामाजिक, सांस्कृतिक र धार्मिक क्षेत्रहरूमा मष्टो संस्कृतिबाट आफूलाई विकास गरेका बाहुन, क्षेत्री र ठकुरीहरूको बोलाबाला छ । तर तिनै जातिहरूले आफ्नो पुख्यौली सम्पदालाई ओझेलमा पारी हिन्दुस्थानबाट आयातित धर्मलाई विस्तार गरिरहेछन् । वर्गविहीन र वर्णव्यवस्थाविहीन प्राचीन सभ्यताबाट विकसित भएका व्यक्तिहरूले नै समाजमा जातीय भेदभावलाई बढावा दिइरहेछन् । आज देशमा लोक प्रचलन, लोक संस्कृति र लोक दर्शनको जगेर्ना र संरक्षण हुन सकेको छैन । मष्टो संस्कृति र दर्शन आज कर्णाली प्रदेशमा मात्र सीमित हुन पुगेको छ । त्यसमाथि अझ मष्टोलाई वैदिक देवताका रूपमा देखाउने र तिनलाई शिव, विष्णुका अंशमा प्रस्तुत गरी लोक संस्कृति र दर्शनलाई बिटुल्याउने प्रयत्न भइरहेछ । शामनवादी आचरण भएका मष्टोलाई मानसरोवरमा नाङ्गै पौडिरहेका अप्सराहरू देख्दा स्खलन भएको शिवजीको वीर्यबाट जन्मेको सन्तानका रूपमा प्रस्तुत गरिएको छ । वास्तवमा मष्टो सभ्यतासँग जोडिएमा खस भनी हेयका रूपमा हेरिन्छ भन्ने मनोविज्ञानले कतिपय मष्टोकै अनुयायीलाई छोएको छ । यो गलत सोचाइ हो र कमजोर मानसिकताको उपज हो । लोक देवदेवीका इतिहास नबङ्ग्याईकन जस्तो हो त्यस्तै रूपमा प्रस्तुत गरेमा आफ्नो र देशको वास्तविक इतिहास र सामाजिक संरचनाको तस्बिर उतार्न सकिन्छ ।
(लेख रामराज रेग्मीको नेपाली लोकदर्शन पृ.५२-५९ वाट साभार गरिएको हो ।) सम्पादक

यो बकपत्र.कमको सम्पादक मण्डल हो ।