श्रावण महिना नेपाली समाजमा धार्मिक, सांस्कृतिक र प्राकृतिक दृष्टिले विशेष महत्व बोकेको महिना हो। मनसुनका कारण खेतबारी हराभरा छन ्, किसान खेतीपातीमा व्यस्त छन्, गाउँघरमा मौसमी फलफूल र हरिया तरकारी प्रशस्त पाइन्छन ्। प्रकृतिको यही हरियाली र जीवन्तताले श्रावणलाई उत्साह, उमंग र नवीनताको प्रतीक बनाएको छ।
हिन्दू धर्मावलम्बीका लागि श्रावण भगवान शिवको आराधनाको महिना मानिन्छ। यस अवधिमा शिव मन्दिरहरूमा भक्तजनको घुइँचो लाग्ने, व्रत–उपवास बस्ने तथा पूजा–आराधना गर्ने परम्परा रहिआएको छ। विशेषगरी विवाहित महिलाहरूले परिवारको सुख, समृद्धि र श्रीमानको दीर्घायुको कामना गर्दै हरियो चुरा, पोते, मेहन्दी तथा हरिया वस्त्र धारण गर्ने चलन आज पनि जीवित छ। यस्ता परम्पराले धार्मिक आस्थासँगै सामाजिक र सांस्कृतिक पहिचानलाई पनि बलियो बनाएका छन्।
हिन्दू दर्शनले केवल पूजा–आराधनामै सीमित नभई नैतिक आचरण, अनुशासन, संयम र सदाचारलाई पनि विशेष महत्व दिएको छ । सात्विक भोजन, आत्मसंयम, मदिरा, धूम्रपान तथा अन्य कुलतबाट टाढा रहने सन्देशले स्वस्थ र अनुशासित जीवनशैली निर्माणमा योगदान पु¥याउँछ। धर्मको मूल उद्देश्य पनि मानवलाई असल चरित्र, सहिष्णुता र सामाजिक उत्तरदायित्वतर्फ प्रेरित गर्नु हो।
हिन्दू दर्शनले केवल पूजा–आराधनामै सीमित नभई नैतिक आचरण, अनुशासन, संयम र सदाचारलाई पनि विशेष महत्व दिएको छ । सात्विक भोजन, आत्मसंयम, मदिरा, धूम्रपान तथा अन्य कुलतबाट टाढा रहने सन्देशले स्वस्थ र अनुशासित जीवनशैली निर्माणमा योगदान पु¥याउँछ। धर्मको मूल उद्देश्य पनि मानवलाई असल चरित्र, सहिष्णुता र सामाजिक उत्तरदायित्वतर्फ प्रेरित गर्नु हो।
श्रावण संक्रान्ति, जसलाई कर्कट संक्रान्ति पनि भनिन्छ, नेपाली समाजमा परम्परागत रूपमा विभिन्न रीति–रिवाजका साथ मनाइन्छ। श्रावन संक्रान्तिको दिनदेखि सूर्य दक्षिणायन हुने छन् । देशका विभिन्न स्थानमा श्रावन संक्रान्तीका दिन र अघिल्लो दिन ’लुतो फाल्ने’ परम्परा, धसिङ्गर वा सल्लाको दाउरा बाल्ने, मौसमी परिकार खाने तथा नाचगान गर्ने चलन आज पनि कायम छ। यस्ता परम्पराले रोगव्याधिबाट मुक्ति, प्रकृतिसँगको सामीप्य र सामुदायिक एकताको भाव अभिव्यक्त गर्ने सांस्कृतिक औवसर हो । यद्यपि यस्ता अभ्यासहरूलाई आधुनिक स्वास्थ्य र वातावरणीय सचेतनासँग पनि जोडेर अघि बढाउनु आवश्यक छ।
नेपालका चाडपर्व केवल धार्मिक अनुष्ठान मात्र होइनन्, तिनले सामाजिक सद्भाव, पारिवारिक सम्बन्ध, सहअस्तित्व र सामुदायिक एकतालाई पनि सुदृढ बनाउने माध्यमका रूपमा काम गरेका छन्। पुस्तौंदेखि हस्तान्तरण हुँदै आएका यस्ता परम्परामा स्थानीय ज्ञान, जीवनशैली र प्रकृतिसँगको सम्बन्ध पनि गाँसिएको छ। बदलिँदो समयसँगै केही परम्पराको महत्व ओझेलमा पर्न थालेको देखिए पनि तिनको ऐतिहासिक, सांस्कृतिक र सामाजिक पक्षलाई बुझेर संरक्षण गर्नु पर्दछ ।
श्रावणले हामीलाई प्रकृतिप्रति सम्मान, आत्मसंयम, सदाचार र सामाजिक उत्तरदायित्वको सन्देश दिन्छ। त्यसैले यस महिनालाई केवल धार्मिक अनुष्ठानमा सीमित नराखी यसको सांस्कृतिक, सामाजिक र वातावरणीय महत्वलाई पनि आत्मसात् गर्न आवश्यक छ। आफ्ना मौलिक संस्कार र परम्पराको संरक्षण गर्दै तिनलाई समयानुकूल व्याख्या र अभ्यास गर्न सके मात्र हाम्रो सांस्कृतिक पहिचान अझ समृद्ध र जीवन्त बन्नेछ। यही नै हाम्रो सभ्यता, संस्कृतिप्रतिको सम्मान र भावी पुस्ताप्रतिको जिम्मेवारी पनि हो।

वंशीकुमार शर्मा -बकपत्र.कमकम नियमित स्तम्भकार तथा सामाजिक रुपान्तरणका पक्षमा कलम चलाउने अभियान्ता हुन् ।