संसदीय मर्यादामाथि प्रश्न: नीति तथा कार्यक्रमको जबाफ प्रधानमन्त्री बालेनले नदिने, अर्थमन्त्री वाग्ले अघि सर्दै

बकपत्र संवाददाता       २ हप्ता अगाडी प्रकाशित     50 No Comments
📋 सारांश
  •  प्रधानमन्त्री बालेन शाहले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि संसदमा उठेका प्रश्नहरूको जबाफ नदिने भएका छन्।
  • सामान्यतया प्रधानमन्त्रीले नै जबाफ दिने संसदीय परम्परा रहे पनि शाहको सट्टा अर्थमन्त्री डा।
  • स्वर्णिम वाग्लेले संसदलाई सम्बोधन गर्ने तय भएको छ।

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि संसदमा उठेका प्रश्नहरूको जबाफ नदिने भएका छन्। सामान्यतया प्रधानमन्त्रीले नै जबाफ दिने संसदीय परम्परा रहे पनि शाहको सट्टा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदलाई सम्बोधन गर्ने तय भएको छ।

​प्रधानमन्त्रीका प्रेस विज्ञ दीपा दाहालले बुधबार सो कुराको पुष्टि गरेकी हुन्। दाहालका अनुसार सरकारको तर्फबाट अर्थमन्त्री वाग्लेले जबाफ दिने सूचना आए पनि प्रधानमन्त्री स्वयं किन सहभागी नहुने भन्नेबारे कुनै स्पष्ट कारण खुलाइएको छैन।

संसद्को सम्भावित कार्यसूची र अन्योल

​संसद् सचिवालयले सार्वजनिक गरेको बुधबारको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शाहले नै छलफलमा उठेका प्रश्नहरूको जबाफ दिने उल्लेख थियो। तर, अन्तिम समयमा प्रधानमन्त्री पछि हटेपछि संसदीय वृत्तमा यसलाई अर्थपूर्ण रूपमा हेरिएको छ। बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि प्राप्त संशोधनहरू प्रस्तुत हुने र छलफल गरिने कार्यसूची छ।

आलोचनाको घेरामा प्रधानमन्त्री

​पछिल्लो समय प्रधानमन्त्री बालेन शाहमाथि संसदीय मर्यादा उल्लंघन गरेको भन्दै तीव्र आलोचना भइरहेको छ। राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा बीचमै बैठक छाडेर हिँडेका शाहले हालसम्म संसद्मा एक शब्द पनि बोलेका छैनन्। नीति तथा कार्यक्रम जस्तो महत्त्वपूर्ण विषयमा समेत प्रधानमन्त्रीले संसद्को रोस्टम प्रयोग नगरी अर्थमन्त्रीलाई अघि सार्नुले उनी संसद्प्रति अनुत्तरदायी बन्न खोजेको आरोप विपक्षीहरूले लगाएका छन्।

​प्रधानमन्त्रीको यो कदमले कार्यपालिका र व्यवस्थापिकाबीचको सम्बन्ध तथा लोकतान्त्रिक अभ्यासमाथि नयाँ बहस सिर्जना गरेको छ।

सम्वन्धित समाचार