नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको प्रधानमन्त्री बालेन्द्र शाहले आज जवाफ दिने

बकपत्र संवाददाता       २ हप्ता अगाडी प्रकाशित     43 No Comments
📋 सारांश
  • संघीय संसद्को प्रतिनिधि सभामा आज सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नहरूको प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले जवाफ दिने कार्यक्रम रहेको छ।
  • संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार, आज बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री शाहले जवाफ दिन लागेका हुन्।
  • राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख २८ गते सोमबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/०८४ को लागि सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।

काठमाडौँ ।

संघीय संसद्को प्रतिनिधि सभामा आज सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नहरूको प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले जवाफ दिने कार्यक्रम रहेको छ। संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार, आज बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री शाहले जवाफ दिन लागेका हुन्।

छलफल र प्रक्रिया

राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख २८ गते सोमबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/०८४ को लागि सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। सोही दिनदेखि संसद्मा उक्त कार्यक्रममाथि छलफल सुरु भएको थियो। मंगलबारको बैठकमा दलीय प्रतिनिधित्वका आधारमा विभिन्न दलका सांसदहरूले नीति तथा कार्यक्रममाथि आ-आफ्नो धारणा र सुझाव राख्दै सरकारको ध्यानाकर्षण गराएका थिए।

आजको कार्यसूची

संलग्न दस्तावेज संसद सचिवालयकाे कार्यसुचिमा उल्लेख भए अनुसार, आजको बैठकमा मुख्य पाँचवटा कार्यसूची तय गरिएका छन्:

  • ​प्रधानमन्त्री बालेन्द्र शाहले नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।
  • ​माननीय सदस्यहरूबाट प्राप्त संशोधनहरू प्रस्तुत हुने र छलफललाई निरन्तरता दिइनेछ।
  • ​छलफलका क्रममा उठेका जिज्ञासा र प्रश्नहरूको प्रधानमन्त्रीले स्पष्टीकरण सहितको जवाफ दिनेछन्।
  • ​जवाफपछि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिनेछ।
  • ​अन्त्यमा, सभामुखले आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गरी पारित गर्ने प्रक्रिया अगाडि बढाउने छन्।

​प्रधानमन्त्रीको जवाफसँगै आजै नीति तथा कार्यक्रमलाई पारित गर्ने संसद् सचिवालयको तयारी छ। यो कार्यक्रम पारित भएपछि सरकारलाई आगामी जेठ १५ गते बजेट ल्याउने बाटो खुला हुनेछ।

सम्वन्धित समाचार