तुलसीपुर, २६ वैशाख ।
सल्यानमा निर्माण सामग्री बोकेको ट्याक्टर दुर्घटना हुँदा चालकको ज्यान गएको छ। सल्यानको श्रीनगरबाट छत्रेश्वरी गाउँपालिका–१, दमाचौरतर्फ जाँदै गरेको ट्याक्टर बागचौर नगरपालिका–१०, मोख्लास्थित मेला लाग्ने ठाउँभन्दा केही माथि दुर्घटनामा परेको हो।
मृतकको पहिचान
दुर्घटनामा परी मृत्यु हुनेमा शारदा नगरपालिका–१३ निवासी चालक वसन्त बुढाथोकी रहेका छन्। उनको मृत्यु भएको जानकारी छत्रेश्वरी गाउँपालिका–१ का वडा अध्यक्ष प्रकाश हमालले दिनुभएको छ।
विद्यालयको निर्माण सामग्री ढुवानी गर्दै थियो ट्याक्टर
दुर्घटनामा परेको उक्त ट्याक्टरले भानुभक्त माध्यमिक विद्यालय दमाचौरको भवन निर्माणका लागि आवश्यक सामग्रीहरू लिएर जाँदै थियो। उकालो र अप्ठ्यारो सडक खण्डमा ट्याक्टर अनियन्त्रित भई सडकबाट तल खसेको देखिएको छ।
घटनास्थलमा स्थानीय र प्रहरीले आवश्यक प्रक्रिया पुरा गरिरहेका छन्।

बकपत्र डटकम-नेपालकाे सुशासन, सामाजिक न्याय र समृद्धिकाे क्षैत्रमा काम गर्ने डिजिटल पत्रिका हाे।