देशका धेरै स्थानमा वर्षा र हिमपातको सम्भावना: सतर्कता अपनाउन आह्वान

बकपत्र संवाददाता       ३ हप्ता अगाडी प्रकाशित     68 No Comments
📋 सारांश
  • तुलसीपुर, २४ वैशाख।
  •  देशका धेरै भूभागमा आज पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
  • हाल नेपालमा स्थानीय वायुका साथै पश्चिमी वायुको समेत प्रभाव रहेकाले केही दिनयता मौसममा लगातार बदली र वर्षा भइरहेको छ।

तुलसीपुर, २४ वैशाख । देशका धेरै भूभागमा आज पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल नेपालमा स्थानीय वायुका साथै पश्चिमी वायुको समेत प्रभाव रहेकाले केही दिनयता मौसममा लगातार बदली र वर्षा भइरहेको छ।

महाशाखाका अनुसार विशेषगरी लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने देखिएको छ। साथै, यी प्रदेशका उच्च हिमाली भूभागमा हिमपातको समेत सम्भावना रहेको छ। अन्य प्रदेशका पहाडी तथा तराईका थोरै स्थानहरूमा पनि मौसम प्रतिकुल रहने पूर्वानुमान गरिएको छ।

हिजो र गए राति पनि देशका अधिकांश स्थानमा वर्षा भएको थियो, जसका कारण जनजीवन सामान्य प्रभावित भएको छ। केही दिनदेखिको लगातारको वर्षाले वायुमण्डल सफा भए पनि मेघ गर्जन र चट्याङ्गको जोखिम बढेको भन्दै मौसमविद्हरूले आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्। अझै केही दिन मौसममा सुधार हुने संकेत नदेखिएकाले यात्रा र कृषि कार्य गर्दा विशेष ध्यान दिन महाशाखाले बुलेटिनमार्फत सचेत गराएको छ।

सम्वन्धित समाचार