सुदन किराती श्रम संस्कृति पार्टीको खम्बा बनेर जोडिइसक्नुभयो: हर्क साम्पाङ

बकपत्र संवाददाता       ३ हप्ता अगाडी प्रकाशित     48 No Comments
📋 सारांश
  •  श्रम संस्कृति पार्टीका अध्यक्ष एवं धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले प्रगतिहिल लोकतान्त्रिक पार्टीका नेता तथा पूर्वमन्त्री सुदन किराती आफ्नो पार्टीमा खम्बा बनेर जोडिइसकेको उद्घोष गरेका छन्।
  • पछिल्लो समय साम्पाङ र किरातीबीचको राजनीतिक निकटतालाई लिएर भइरहेका विभिन्न टीकाटिप्पणी र अफवाहहरूलाई चिर्दै साम्पाङले यस्तो स्पष्टीकरण दिएका हुन्।
  • सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै मेयर साम्पाङले सुदन किरातीको पार्टीमा आबद्धता सुनिश्चित भइसकेको संकेत गरेका छन्।

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले प्रगतिहिल लोकतान्त्रिक पार्टीका नेता तथा पूर्वमन्त्री सुदन किराती आफ्नो पार्टीमा खम्बा बनेर जोडिइसकेको उद्घोष गरेका छन्। पछिल्लो समय साम्पाङ र किरातीबीचको राजनीतिक निकटतालाई लिएर भइरहेका विभिन्न टीकाटिप्पणी र अफवाहहरूलाई चिर्दै साम्पाङले यस्तो स्पष्टीकरण दिएका हुन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै मेयर साम्पाङले सुदन किरातीको पार्टीमा आबद्धता सुनिश्चित भइसकेको संकेत गरेका छन्। उनले लेखेका छन्, ‘सुदन किरातीज्यू श्रम संस्कृतिको खम्बा बनेर जोडिइसक्नुभएको छ। यो, त्यो भनेर अफवाह नफैलाउनू।

लामो समयदेखि सुदन किराती र हर्क साम्पाङबीच सहकार्य हुने चर्चा चल्दै आएको थियो। विशेष गरी सुदन किरातीले माओवादी केन्द्र छोडेर प्रगतिहिल लोकतान्त्रिक पार्टी खोलेका थिए । प्रगतिहिल लोकतान्त्रिक पाटी (प्रलोपा) को जनमत त्यति नआउने भएपछि हर्क साम्पाङको श्रम संस्कृतिु अभियानलाई समर्थन गरेका थिए । उनीहरू सुरुदेखि नै एउटै मञ्चमा उभिने अड्कलबाजी गरिएको थियो। साम्पाङको यो पछिल्लो अभिव्यक्तिले किराती अब प्रलोपा त्यागेर औपचारिक रूपमै श्रम संस्कृति पार्टीको नेतृत्वदायी भूमिकामा आउन लागेको पुष्टि गर्दछ।

पार्टी स्रोतका अनुसार किरातीलाई श्रम संस्कृति पार्टीको ुवरिष्ठ नेता वा सोसरहको जिम्मेवारी दिने तयारी भइरहेको छ। यद्यपि, किरातीको तर्फबाट भने अहिलेसम्म औपचारिक घोषणा वा प्रलोपा परित्यागको आधिकारिक पत्र सार्वजनिक भइसकेको छैन। तर, साम्पाङले उनलाई पार्टीको खम्बाु भन्नुले पर्दा पछाडि सबै प्रक्रिया टुङ्गिसकेको बुझिन्छ।

पूर्वी नेपालको राजनीतिमा राम्रो पकड भएका यी दुई प्रभावशाली नेताको एकताले आगामी निर्वाचन र क्षेत्रीय राजनीतिमा नयाँ तरंग ल्याउने विश्लेषण गरिएको छ। किराती जत्तिको राष्ट्रिय कदको नेता आफ्नो पार्टीमा भित्रिँदा श्रम संस्कृतिु अभियानलाई राष्ट्रव्यापी बनाउन थप ऊर्जा मिल्ने विश्वास श्रम सँस्कृति पार्टीका अध्यक्ष साम्पाङले गरेका छन्।

सम्वन्धित समाचार