गृहमन्त्रीले जे गर्नुभयो, राम्रो गर्नुभयो’: ‘प्रचण्ड’

बकपत्र संवाददाता       १ महिना अगाडी प्रकाशित     58 No Comments
📋 सारांश
  • नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' ले गृहमन्त्री सुधन गुरुङको राजीनामालाई सकारात्मक कदमको रूपमा टिप्पणी गर्नुभएको छ।
  • बुधबार पार्टी कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै संयोजक प्रचण्डले प्रश्न उठेपछि पदबाट राजीनामा दिएर गुरुङले राम्रो काम गरेको बताउनुभएको हो।
  • सञ्चारकर्मीले सोधेको प्रश्नको संक्षिप्त जवाफ दिँदै उहाँले भन्नुभयो, “उहाँले जे गर्नुभयो, राम्रो गर्नुभयो।

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गृहमन्त्री सुधन गुरुङको राजीनामालाई सकारात्मक कदमको रूपमा टिप्पणी गर्नुभएको छ।

बुधबार पार्टी कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै संयोजक प्रचण्डले प्रश्न उठेपछि पदबाट राजीनामा दिएर गुरुङले राम्रो काम गरेको बताउनुभएको हो। सञ्चारकर्मीले सोधेको प्रश्नको संक्षिप्त जवाफ दिँदै उहाँले भन्नुभयो, “उहाँले जे गर्नुभयो, राम्रो गर्नुभयो।”

सेयर लगानीको स्रोत र व्यवसायी दीपक भट्टसँगको साझेदारीलाई लिएर विवादमा परेपछि गृहमन्त्री गुरुङले बुधबार नै आफ्नो पदबाट राजीनामा दिनुभएको थियो। सार्वजनिक रूपमा प्रश्न उठेपछि नैतिकताका आधारमा राजीनामा दिनुलाई प्रचण्डले उचित कदमका रूपमा स्वागत गर्नुभएको छ।

सम्वन्धित समाचार