बर्गिय अधिनायकत्व किन आबश्यक पर्दछ? भन्नेबारे पनि विमर्श गरिएको छ।त्यसैगरी पुस्तकमा पार्टी निर्माण आधार सम्बन्धमा मार्क्स,एङ्गेल्स,लेनिन,स्टालिन,खुश्चोबका धारणाहरुबारे उल्लेख गरिएको छ।पार्टी र सत्ता,माओको नौलो जनबाद भनेको के हो?चिनियाँ मोडेलको गाउँबाट शहर घेर्ने दीर्घकालीन जनयुद्ध अनुसार भारत, फिलिपिन्स, मलेसिया,पेरु हुँदै नेपाल समेतमा किन असफल र धक्का ब्यहोर्नु पर्यो?ती देशका घटना अनुभव,किस्सा शृङ्खलाबारे पनि चर्चा गरिएको छ।

पुस्तकमा मार्क्स लेनिन माओको योगदान माथी चर्चा गर्दै बर्ग भनेको के हो? बर्ग उत्पतिका कारणहरु, वर्गसंघर्ष, आत्मसंघर्ष,अन्तरसंघर्ष दुइलाइन संघर्ष,बर्ग बिश्लेषण,पार्टी संगठन,संगठन निर्माणका आधारहरू,सन १८४७मा कम्युनिस्ट लिग निर्माणको उद्देश्य,संगठनका प्रकारबारे पनि चर्चा गरिएको छ।त्यसैगरी कम्युनिस्ट पार्टी कस्तो हुनुपर्छ? सर्बहारा बर्गको पार्टी भनेको के हो र कस्तो हुनुपर्छ?सर्बहारा बर्गको अधिनायकत्व किन आबश्यक पर्दछ?
पुस्तकमा ०६२ जेष्ठ २३गते चितवन जि.को तत्कालीन कल्याणपुर गाबिसको बांदरमुढे खोलामा माओवादीले थापेको विद्युतिय धरापमा यात्रुबाहक बस दुर्घटनामा परेको र त्यसक्रममा ३८जना सर्बसाधारण नागरिक र केही सैनिकहरुको पनि मृत्यु भएको७२जना घाइते भएको सन्दर्भमा पार्टीको तर्फबाट गम्भीर त्रुटि रहन गएको त्यस घटनाले गर्दा माओवादीको छबिमा कालो दाग लागेको,त्यस घटना प्रती आम जनसमुदाय र पीडित पक्ष संग माफी मागी राहत तथा क्षतिपूर्तिको बन्दोबस्ती गरि चराइरहेको घाउमा मल्हम पट्टी लगाउन प्रयत्न गरिएको प्रसङ्ग पनि उल्लेख गरिएको छ।
सत्तामा पुग्न र शक्ति हत्याउनको लागि कसरी दरबार भित्र आफ्नै सहोदर दाजुभाइ नातेदारहरुको सामुहिक हत्या र चिहान बनाउने सम्मका घातप्रतिघात,षड्यन्त्रका घटना रचित गरिए?समाज रुपान्तरण तथा जागरणकारी परिवर्तनका लागि आफ्नो ब्यक्तिगत स्वार्थ त्यागी आन्दोलन र बिद्रोहको झण्डा उठाउदा लखनथापा,दशरथ चन्द,धर्मभक्त माथेमा,गंगालाल श्रेष्ठ,शुक्रराज शास्त्री,कृष्णलाल अधिकारि जस्ता देशभक्त क्रान्तिकारी सचेत युवाहरूले के कसरी कुन अबस्थामा प्राणको आहुती दिनु पर्यो?त्यसक्रममा आजिबन काराबास,जेल सजाय,घाइते अपाङ्ग र बेपत्ता समेत हुनुपरेको घटना विवरण बारे पनि पुस्तकमा चर्चा गरिएको छ।

लेखक रामबहादुर जि.सी.-बकपत्र डटकमका नियमित स्तम्भकार तथा सामाजिक रुपान्तरणका अभियान्ता हुन ।