द्वन्द्व पिडित

द्वन्द्वमा घाइतेका लागि उपचार खर्च पाइने अवसर: ३० दिनभित्र आवेदन दिन आग्रह

बकपत्र संवाददाता       २ हप्ता अगाडी प्रकाशित     39 No Comments

आन्तरिक मामिला तथा कानून मन्त्रालय मार्फत आवेदन आह्वान

📋 सारांश
  • घाइतेहरूले सूचना प्रकाशित भएको मितिबाट ३० दिनभित्र आवश्यक कागजात संलग्न गरी सम्बन्धित कार्यालयमा उपस्थित भई वा इमेलमार्फत निवेदन दिन सक्नेछन्।
  • आन्तरिक मामिला तथाकानून मन्त्रालय, लुम्बिनी प्रदेश सरकार ले सशस्त्र द्वन्द्वका क्रममा घाइते भएका नागरिकका लागि उपचार खर्च उपलब्ध गराउने कार्यक्रम सम्बन्धी सूचना सार्वजनिक गरेको छ।
  • आवेदन पठाउनका लागि internalaffairsp5@gmail.com इमेल ठेगाना तोकिएको छ।

घाइतेहरूले सूचना प्रकाशित भएको मितिबाट ३० दिनभित्र आवश्यक कागजात संलग्न गरी सम्बन्धित कार्यालयमा उपस्थित भई वा इमेलमार्फत निवेदन दिन सक्नेछन्।

तुलीपुर । चैत्र ७ २०८२ ।
आन्तरिक मामिला तथाकानून मन्त्रालय, लुम्बिनी प्रदेश सरकार ले सशस्त्र द्वन्द्वका क्रममा घाइते भएका नागरिकका लागि उपचार खर्च उपलब्ध गराउने कार्यक्रम सम्बन्धी सूचना सार्वजनिक गरेको छ। “सशस्त्र द्वन्द्वका घाइते उपचार खर्च कार्यक्रम, २०८२” अन्तर्गत लुम्बिनी प्रदेशभित्रका प्रभावित नेपाली नागरिकहरूले निर्धारित प्रक्रिया पूरा गरी आवेदन दिन सक्ने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ। सूचना अनुसार, आवेदन दिन चाहने घाइतेहरूले सूचना प्रकाशित भएको मितिबाट ३० दिनभित्र आवश्यक कागजात संलग्न गरी सम्बन्धित कार्यालयमा उपस्थित भई वा इमेलमार्फत निवेदन दिन सक्नेछन्।

आवेदनका लागि नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, हालसालै खिचिएको पासपोर्ट साइज फोटो, जिल्ला प्रशासन कार्यालयबाट प्राप्त घाइते वा प्रभावित भएको सिफारिस पत्र, अस्पताल वा चिकित्सकको सिफारिस (प्रेस्क्रिप्सन) तथा स्वास्थ्य अवस्थासँग सम्बन्धित अन्य प्रमाण खुल्ने कागजातहरू आवश्यक पर्नेछन्।

आवेदन पठाउनका लागि internalaffairsp5@gmail.com इमेल ठेगाना तोकिएको छ। कार्यक्रम अन्तर्गत उपचारका लागि आर्थिक सहयोग प्राप्त गर्न द्वन्द्वका क्रममा घाइते भएको पुष्टि हुने आधिकारिक सिफारिस र हालको स्वास्थ्य अवस्थासँग सम्बन्धित प्रमाणहरू अनिवार्य रूपमा पेश गर्नुपर्ने उल्लेख गरिएको छ।

आवेदनका लागि नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, हालसालै खिचिएको पासपोर्ट साइज फोटो, जिल्ला प्रशासन कार्यालयबाट प्राप्त घाइते वा प्रभावित भएको सिफारिस पत्र, अस्पताल वा चिकित्सकको सिफारिस (प्रेस्क्रिप्सन) तथा स्वास्थ्य अवस्थासँग सम्बन्धित अन्य प्रमाण खुल्ने कागजातहरू आवश्यक पर्नेछन्।

मन्त्रालयले तोकेको मापदण्ड पूरा गरेका व्यक्तिहरूले मात्र कार्यक्रमबाट लाभ लिन सक्ने स्पष्ट गरिएको छ। थप जानकारीका लागि मन्त्रालयले कम्प्युटर अपरेटर हिरालाल बर्तौलालाई सम्पर्क व्यक्ति तोकेको छ, जसको मोबाइल नम्बर ९८४८०८८९५७ रहेको छ। सशस्त्र द्वन्द्वका कारण अझै उपचार आवश्यक पर्ने घाइते नागरिकहरूले समयसीमाभित्रै आवेदन दिई यस कार्यक्रमबाट लाभ लिन सक्ने सम्भावना रहेको सूचनामा उल्लेख गरिएको छ।

सम्वन्धित समाचार