काठमाडौँ ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टीका विभागहरू, प्रदेश कमान्ड र जनवर्गीय संगठनहरूको जिम्मेवारीमा व्यापक हेरफेर तथा कार्यविभाजन गरेको छ । पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह-संयोजक माधवकुमार नेपालले हस्ताक्षर गरी जारी गरेको पछिल्लो अन्तरपार्टी निर्देशन (अपानी–३) अनुसार नेताहरूको कार्यविभाजन टुंगो लगाइएको हो ।
सुदूरपश्चिम प्रदेशको नेतृत्वमा महत्त्वपूर्ण हेरफेर गरिएको छ । यसअघि इन्चार्जको जिम्मेवारी तोकिएका नेता भीम रावलले उक्त पद स्वीकार नगरेपछि रिक्त स्थानमा भानुभक्त जोशीलाई इन्चार्जको जिम्मेवारी दिइएको छ । जोशी यसअघि सोही प्रदेशको सह-इन्चार्ज तोकिएका थिए । उनलाई नेता माधवकुमार नेपाल निकट मानिन्छ । सुदूरपश्चिमको सह-इन्चार्जको जिम्मेवारी भने खगराज भट्टले पाएका छन् ।
पार्टीले विभिन्न महत्वपूर्ण विभागहरूको नेतृत्व पनि बाँडफाँट गरेको छ । जसअनुसार:
नेकपाको केन्द्रीय संयोजन समितिको बैठकले पार्टी मातहतका ३२ वटा जनवर्गीय संगठन (जवस) हरूमा पनि इन्चार्ज र सह-इन्चार्जहरूको मनोनयन गरेको छ ।
प्रमुख संगठन र तिनका नेतृत्व:
|
संगठन |
इन्चार्ज |
सह-इन्चार्ज |
|---|---|---|
|
अखिल नेपाल किसान महासंघ |
बलदेव चौधरी |
कुमार पौडेल |
|
अखिल नेपाल महिला संगठन |
जयन्ती राई |
कमला रोका |
|
युवा संगठन |
लक्ष्मण केसी |
सुमन देवकोटा र ज्ञानबहादुर गुरुङ |
|
विद्यार्थी संगठन |
रत्न ढकाल |
सुदेश पराजुली |
|
प्रेस संगठन |
प्रकाश ज्वाला |
विष्णु सापकोटा र शम्भु श्रेष्ठ |
|
मजदुर (ट्रेड युनियन) |
रामदीप आचार्य |
विष्णु लम्साल |
|
दलित संगठन |
गणेश विक |
दलजित श्रीपाली |
|
आदिवासी जनजाति महासंघ |
सुरेश आले मगरअन्य विशिष्ट क्षेत्रको जिम्मेवारी: कानुन व्यवसायी संगठनको नेतृत्व पूर्णबहादुर घर्ती र खेलकुद महासंघको नेतृत्व केशव विष्टले सम्हाल्ने भएका छन् । जनसाँस्कृतिक महासंघको इन्चार्जमा चेतबहादुर पुन चयन भएका छन् । त्यसैगरी, इन्जिनियरर्स एसोसिएसनमा लेखनाथ न्यौपाने, उद्योग तथा व्यवसायी महासंघमा विरोध खतिवडा, र पेशागत महासंघमा कृष्णध्वज खड्कालाई इन्चार्जको जिम्मेवारी दिइएको छ । मधेसी संगठनको नेतृत्व जोगकुमार बरबरिया र मुस्लिम संगठनको नेतृत्व महेश्वर गहतराजले गर्नेछन् । स्वास्थ्यकर्मी संगठनको इन्चार्जमा अन्जना विशंखे र शिक्षक संगठनमा माधव सापकोटालाई तोकिएको छ । पार्टीले सामाजिक र प्राविधिक क्षेत्रलाई पनि प्राथमिकतामा राख्दै आईटी फोरमको जिम्मेवारी केशव नेपाल, विपद् व्यवस्थापनमा डा. लक्ष्मी ओली र मानव अधिकार फाँटमा लेखनाथ दाहाललाई अघि सारेको छ । शहीद, बेपत्ता तथा घाइते योद्धा संगठनको इन्चार्जमा भने हितराज पाण्डेलाई नियुक्त गरिएको छ । यो कार्यविभाजनसँगै नेकपाले सांगठनिक सुदृढीकरण र आगामी राजनीतिक कार्यदिशालाई तल्लो तहसम्म लैजाने लक्ष्य राखेको छ । लामो समयदेखि प्रतिक्षा गरिएको यो जिम्मेवारी बाँडफाँटले पार्टीभित्रको शक्ति सन्तुलन र कार्यसम्पादनमा नयाँ उर्जा थप्ने विश्वास नेताहरूले गरेका छन् । |

बकपत्र डटकम-नेपालकाे सुशासन, सामाजिक न्याय र समृद्धिकाे क्षैत्रमा काम गर्ने डिजिटल पत्रिका हाे।