राज्य नै मुख्य ‘अतिक्रमणकारी’ हो: पूर्वमन्त्री मेटमणि चौधरी

बकपत्र संवाददाता       ४ हप्ता अगाडी प्रकाशित     38 No Comments
📋 सारांश
  •  नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय नेता तथा पूर्वमन्त्री मेटमणि चौधरीले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहलाई लक्षित गर्दै 'वास्तविक अतिक्रमणकारी' को हो भनेर प्रश्न गरेका छन्।
  • सुकुम्बासी बस्ती हटाउने सन्दर्भमा भइरहेका पछिल्ला गतिविधिप्रति कडा आपत्ति जनाउँदै नेता चौधरीले राज्य नै मुख्य अतिक्रमणकारी भएको गम्भीर आरोप लगाएका हुन्।
  • ​आफ्नो फेसबुकमा लामो स्टाटस लेख्दै पूर्वमन्त्री चौधरीले भनेका छन्— "लमही स्थित जखेराकाे कमैया बस्ति जनताहरूले जाेतभाेग गरेर बसिरहेकाे बस्ति थियाे पछि जब्बरजस्ति प्रहरी स्कुल र क्याम्पसकाे नाममा लालपुर्जा बन्याे।

​लमही । नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय नेता तथा पूर्वमन्त्री मेटमणि चौधरीले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहलाई लक्षित गर्दै ‘वास्तविक अतिक्रमणकारी’ को हो भनेर प्रश्न गरेका छन्। सुकुम्बासी बस्ती हटाउने सन्दर्भमा भइरहेका पछिल्ला गतिविधिप्रति कडा आपत्ति जनाउँदै नेता चौधरीले राज्य नै मुख्य अतिक्रमणकारी भएको गम्भीर आरोप लगाएका हुन्।

​आफ्नो फेसबुकमा लामो स्टाटस लेख्दै पूर्वमन्त्री चौधरीले भनेका छन्— “लमही स्थित जखेराकाे कमैया बस्ति जनताहरूले जाेतभाेग गरेर बसिरहेकाे बस्ति थियाे पछि जब्बरजस्ति प्रहरी स्कुल र क्याम्पसकाे नाममा लालपुर्जा बन्याे ! भालुबाङ, लमही र अमिलिया बजारमा पनि जनताहरूकै बसाेबास थियाे पछि नगर बिकास, बनगाँउ स्कुल र सामुदायिक बनकाे नाममा दर्ता गरियाे । जनताहरूलाई नै उठिबास लगाएर स्वर्गद्वारी गुठि लगायत अनेकाै कृतिम गुठिहरू खडा गरेर गुठिकाे नाममा पनि गराइयाे । सस्कृत बिश्वबिद्धालय र अन्य संघसँस्थाहरूका नाममा पनि पास लिएकाे हामी भुलेका छैनाै । यसैगरि शासकहरू लुट मच्चाएर बसाेबासिहरूका झुपडिहरू आगाे लगाएर, हात्ती पठाएर बिस्थापित गरेकाे घटनाहरू ताजै छ ।”

​ऐतिहासिक तथ्यहरू पेश गर्दै उनले अगाडि लेखेका छन्— “यति उदहारणहरूले प्रस्ट भएकाे हाेला ! अतिक्रमणकारि काे हाे । खासमा अतिक्रमणकारिहरू राज्य हाे । सामाजिक सँघ सँस्थाहरू नै हुन । एक पटक मन्न गराै – नेपाल सँस्कृत बिश्वबिद्धालयकाे नाममा रहेकाे हाल राजपुरका यादब र थारू जातिका बसाेबास रहेकाे जमिन १६ सय बिगहा जमिन बिश्वबिद्धालयकाे नाममा दर्ता भयाे । जबकि दर्ता हुनुभन्दा अगाडि उक्त जमिन किसानहरूका बस्ति र जाेतभाेग थियाे । मजगाँव, बनगाँउ लगायत १२ माैजाकाे १ हजार ५० बिगहा जमिन गुठिकाे नाममा कसरी गयाे ? गुठियारहरूले तर्क गर्दछन् ! प्रभुमहराजकाे झाेलिबाट किनेकाे रे ! काेसँग किनेकाे र कसले बेचेकाे कुनै प्रमाणहरू छ ? छैन ।”

​पूर्वमन्त्री चौधरीले अन्य जमिनहरूको अवस्था पनि यस्तै प्रकृतिको रहेको दाबी गर्दै प्रश्न गरेका छन्— “यसबाट प्रष्ट हुन्छ – वास्तविक अतिक्रमणकारिहरू काे हुन ? आज यहि निँहुमा याे र त्याे भनेर जनताहरूले बसाेबास गरिरहेका जमिनबाट उठिबास लगाउने षडयन्त्रहरू हुँदैछ । याे बिल्कुल सहिदैन ।”

​सुरक्षाकर्मीहरूलाई समेत सचेत गराउँदै उनले थपेका छन्— “भाद्र २३ र २४ गते सिहदरबार लगायत सरकारि र ब्यक्तिहरूका घर जलिराख्दा दायित्वबाट भाग्ने सुरक्षाकर्मिहरू, निरिहि जनताहरूलाई बन्दुक देखाएर अनेकाै डर,त्रास र धम्कि दिएर उठिबास लगाउने बिषयमा सन्किहरूका सहयाेगि नबनेकै राम्राे हुन्छ । जस्ताेसुकै अँकमा शक्तिशाली देखिएपनि जनताहरूले चाहेपछि २३ र २४ जस्ताे घट्न हुँदैन भन्न सकिन्न ।”

​अन्त्यमा, बालेन सरकारलाई अभिभावकीय भूमिका निर्वाह गर्न आग्रह गर्दै उनले भनेका छन्— “सरकार अभिभावक हाे । याे बिषयलाई गम्भीरतापूर्वक लिएर कुशल ब्यवस्थापनमा ध्यान दिनुपर्दछ । संबिधानमा सबैका बासकाे ग्यारेन्टी भएकाे छ । यसलाई समेत मध्यनजर गराै ।”

​नेता चौधरीले स्थानीय सरकारमार्फत पहिले सुकुम्बासीको लागत उठाउनुपर्ने, उनीहरूको प्रमाणीकरण गर्नुपर्ने र उचित व्यवस्थापन पछि मात्र हाल बसोबास गरेको ठाउँबाट हटाउनुपर्ने विषयमा जोड दिएका छन्। उनको मुख्य दाबी सुकुम्बासीहरू अतिक्रमणकारी नभएर राज्य नै वास्तविक अतिक्रमणकारी भएको रहेको छ।

सम्वन्धित समाचार