सुकुम्बासी बस्तीमा डोजर चलाउने निर्णयको विरोध: दाङमा रास्वपा सांसदलाई प्रवेश निषेध

बकपत्र संवाददाता       ४ हप्ता अगाडी प्रकाशित     43 No Comments
📋 सारांश
  • आन्दोलनकारीहरूले सरकारले सुकुम्बासी बस्ती उठाउने निर्णय फिर्ता नलिएसम्म संघर्ष जारी राख्ने चेतावनी दिएका छन्।
  • उनीहरूले वैकल्पिक व्यवस्था नगरी उठिवास गराउनु अन्यायपूर्ण भएको भन्दै रास्वपाका तीनवटै निर्वाचन क्षेत्रका सांसदहरूलाई जिल्लामा निषेध गर्ने निर्णय गरेका हुन्।
  • दाङका भूमिहीन, अव्यवस्थित बसोबासी तथा सुकुम्बासीहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूलाई जिल्ला प्रवेशमा रोक लगाउने निर्णय गरेका छन्।

आन्दोलनकारीहरूले सरकारले सुकुम्बासी बस्ती उठाउने निर्णय फिर्ता नलिएसम्म संघर्ष जारी राख्ने चेतावनी दिएका छन्। उनीहरूले वैकल्पिक व्यवस्था नगरी उठिवास गराउनु अन्यायपूर्ण भएको भन्दै रास्वपाका तीनवटै निर्वाचन क्षेत्रका सांसदहरूलाई जिल्लामा निषेध गर्ने निर्णय गरेका हुन्।

दाङ, १८ वैशाख । दाङका भूमिहीन, अव्यवस्थित बसोबासी तथा सुकुम्बासीहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूलाई जिल्ला प्रवेशमा रोक लगाउने निर्णय गरेका छन्। सरकारले सार्वजनिक जग्गा अतिक्रमण खाली गराउने नाममा सुकुम्बासी बस्तीमा डोजर चलाउन थालेपछि उनीहरूले यस्तो कडा कदम चालेका हुन्।

भूमिहीन, अव्यवस्थित सुकुम्बासी अभियानका संयोजक हरिश गिरीका अनुसार, रास्वपाका वरिष्ठ नेता बालेन साह प्रधानमन्त्री बनेपछि सरकारले देशभरका सुकुम्बासी बस्ती हटाउने नीति लिएको विरोधमा यो निर्णय गरिएको हो। सरकारको “डोजर आतंक” ले वास्तविक भूमिहीनहरू मारमा परेको उनीहरूको ठहर छ।

गत वैशाख १४ गते जिल्ला प्रशासन कार्यालय दाङले जिल्लाका १० वटै स्थानीय तहका पदाधिकारीहरूसँग छलफल गरी सरकारी तथा सार्वजनिक जग्गाको अतिक्रमण खाली गराउने निर्णय गरेको थियो। प्रशासनको सोही निर्णयपछि दाङका सुकुम्बासीहरू संगठित भएर आन्दोलित भएका छन्।

आन्दोलनकारीहरूले सरकारले सुकुम्बासी बस्ती उठाउने निर्णय फिर्ता नलिएसम्म संघर्ष जारी राख्ने चेतावनी दिएका छन्। उनीहरूले वैकल्पिक व्यवस्था नगरी उठिवास गराउनु अन्यायपूर्ण भएको भन्दै रास्वपाका तीनवटै निर्वाचन क्षेत्रका सांसदहरूलाई जिल्लामा निषेध गर्ने निर्णय गरेका हुन्। हाल दाङमा सुकुम्बासीहरूले सरकार विरोधी गतिविधि र विरोध प्रदर्शनलाई तीव्र पारेका छन्।

सम्वन्धित समाचार