सुकुम्वासी व्यवस्थापन

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र नवलपुर सरोकार समितिबीच पूरक सम्झौता

बकपत्र संवाददाता       १ महिना अगाडी प्रकाशित     48 No Comments

वास्तविक भूमिहीन सुकुम्वासीहरूलाई अम्बापुर जग्गा एकीकरण आयोजना जग्गाबाट प्रति घरधुरी ५-५ धुर उपलब्ध गराइने

📋 सारांश
  •  राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र नवलपुर बहुउद्देश्यीय सरोकार समितिबीच सुकुम्वासी व्यवस्थापनका लागि एक महत्वपूर्ण पूरक सम्झौता भएको छ।
  • २०८३ वैशाख १६ गते भएको यस सम्झौताअनुसार प्रतिष्ठानको जग्गामा बसोबास गरिरहेका वास्तविक भूमिहीन सुकुम्वासीहरूलाई नयाँ स्थानमा व्यवस्थित गरिने भएको छ।
  • सम्झौताका मुख्य बुँदाहरू यस प्रकार छन्।

दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र नवलपुर बहुउद्देश्यीय सरोकार समितिबीच सुकुम्वासी व्यवस्थापनका लागि एक महत्वपूर्ण पूरक सम्झौता भएको छ । २०८३ वैशाख १६ गते भएको यस सम्झौताअनुसार प्रतिष्ठानको जग्गामा बसोबास गरिरहेका वास्तविक भूमिहीन सुकुम्वासीहरूलाई नयाँ स्थानमा व्यवस्थित गरिने भएको छ ।

सम्झौताका मुख्य बुँदाहरू यस प्रकार छन्:

  • प्रतिष्ठान र कटुवा खोलाबीचको जग्गामा रहेका करिब १६० घरधुरी सुकुम्वासीहरूको पहिचान गरिनेछ ।
  • ती परिवारहरूलाई अम्बापुर जग्गा एकीकरण आयोजना अन्तर्गतको जग्गाबाट प्रति घरधुरी ५-५ धुरका दरले घडेरी उपलब्ध गराइनेछ ।
  • नयाँ बस्तीमा बाटो, बिजुली, र खानेपानी जस्ता पूर्वाधार निर्माणका लागि सरोकार समितिले घोराही उपमहानगरपालिका, प्रदेश र संघ सरकारसँग आवश्यक पहल गर्नेछ ।

यस सम्झौतामा सरोकार समितिका अध्यक्ष बलिभद्र राना र प्रतिष्ठानका रजिष्ट्रार प्रा. श्याम लम्सालले हस्ताक्षर गर्नुभएको छ । यस कदमले लामो समयदेखि जग्गा विवादका कारण रोकिएका प्रतिष्ठानका विकास कार्यहरू अगाडि बढ्ने र सुकुम्वासीहरूले स्थायी आवास पाउने विश्वास गरिएको छ । यो सहमतिले विकास र मानवीय व्यवस्थापनबीच सन्तुलन कायम गर्ने प्रयास गरेको देखिन्छ ।

सम्वन्धित समाचार