काठमाडौँ ।नेपाली कांग्रेसले पार्टीका सार्वजनिक कार्यक्रमहरूलाई आधुनिक र परिणाममुखी बनाउन नयाँ मापदण्ड लागू गरेको छ। वैशाख २ गतेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले पारित गरेको ‘सार्वजनिक कार्यक्रम सञ्चालन कार्यविधि २०८३’ आगामी जेठ १ गतेदेखि देशभरका सबै तहमा अनिवार्य लागू हुने भएको छ।
पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार, प्रदेश र जिल्ला कार्यसमितिहरूबाट प्राप्त सुझावहरूलाई समेत समेटेर यो कार्यविधि कार्यान्वयनमा ल्याउन लागिएको हो।
कांग्रेसले अबदेखि कार्यक्रमको मञ्चलाई पूर्णतः व्यवस्थित गर्ने भएको छ। कार्यविधि अनुसार:
कार्यक्रमको समय र वक्ताहरूको प्रस्तुतिलाई लिएर कांग्रेसले कठोर नियम बनाएको छ:
पार्टी प्रवक्ता चालिसेले सार्वजनिक कार्यक्रमहरू मर्यादा प्रदर्शन गर्ने थलो मात्र नभई जनतासँग संवाद गर्ने माध्यम हुनुपर्नेमा जोड दिए। “हामीले अन्तर्राष्ट्रिय अभ्यासहरू हेरेर यो निर्णय गरेका हौँ,” उनले भने, “सहभागीहरूको समयको सम्मान गर्नु हाम्रो कर्तव्य हो। कार्यक्रम परिणाममुखी र छरितो हुनुपर्छ भन्ने हाम्रो उद्देश्य हो।”
यो कार्यविधि लागू भएसँगै महाधिवेशन प्रतिनिधिदेखि विभिन्न तहका नेताहरूको आसनग्रहण र लामो भाषणका कारण कार्यकर्तामा देखिने वितृष्णा कम हुने विश्वास पार्टीले लिएको छ।

बकपत्र डटकम-नेपालकाे सुशासन, सामाजिक न्याय र समृद्धिकाे क्षैत्रमा काम गर्ने डिजिटल पत्रिका हाे।