यातायात

तुलसीपुरमा अटो रिक्साको नयाँ भाडादर कायम, बजार क्षेत्रमा ५० रुपैयाँ तोकियो

बकपत्र संवाददाता       ५ दिन अगाडी प्रकाशित     54 No Comments

तोकिएको सीमाभन्दा बाहिर यात्रा गर्दा यात्रुले सोही १५ रुपैयाँ प्रति किलोमिटर भाडा तिर्नुपर्ने

📋 सारांश
  • बजार क्षेत्रको तोकिएको सीमाभन्दा बाहिर यात्रा गर्दा यात्रुले सोही १५ रुपैयाँ प्रति किलोमिटरको दरमा थप भाडा तिर्नुपर्ने सूचनामा उल्लेख छ।
  • दाङ दाङको तुलसीपुर उपमहानगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका तीन पाङ्ग्रे अटो टेम्पो तथा रिक्साहरूको भाडादरमा एकरुपता ल्याउन नयाँ अस्थायी भाडादर कायम गरिएको छ।
  • तुलसीपुर क्षेत्रका यातायात व्यवसायी संस्थाहरूको संयुक्त बैठकले मिति २०८२ वैशाख २७ गतेदेखि लागू हुने गरी नयाँ भाडादर निर्धारण गरेको हो।

बजार क्षेत्रको तोकिएको सीमाभन्दा बाहिर यात्रा गर्दा यात्रुले सोही १५ रुपैयाँ प्रति किलोमिटरको दरमा थप भाडा तिर्नुपर्ने सूचनामा उल्लेख छ ।

​तुलसीपुर,२८ चैत्र। दाङ दाङको तुलसीपुर उपमहानगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका तीन पाङ्ग्रे अटो टेम्पो तथा रिक्साहरूको भाडादरमा एकरुपता ल्याउन नयाँ अस्थायी भाडादर कायम गरिएको छ। तुलसीपुर क्षेत्रका यातायात व्यवसायी संस्थाहरूको संयुक्त बैठकले मिति २०८२ वैशाख २७ गतेदेखि लागू हुने गरी नयाँ भाडादर निर्धारण गरेको हो।

​नयाँ व्यवस्था अनुसार, तुलसीपुरको मुख्य बजार क्षेत्रभित्र यात्रा गर्दा प्रति व्यक्ति ५० रुपैयाँ भाडा तोकिएको छ। व्यवसायीहरूले बजार क्षेत्रको सीमा समेत स्पष्ट पारेका छन्। वीरेन्द्र चोकलाई मुख्य आधार मानेर पूर्वमा मोतीपुर, पश्चिममा कृष्णमन्दिर, उत्तरमा शिवनगर र दक्षिणमा लक्ष्मीनारायण मन्दिरसम्मको क्षेत्रलाई ‘बजार क्षेत्र’ मानिएको छ।

​यसैगरी, लामो दूरीका हकमा भने प्रति किलोमिटर १५ रुपैयाँका दरले भाडा कायम गरिएको छ। बजार क्षेत्रको तोकिएको सीमाभन्दा बाहिर यात्रा गर्दा यात्रुले सोही १५ रुपैयाँ प्रति किलोमिटरको दरमा थप भाडा तिर्नुपर्ने सूचनामा उल्लेख छ।

यातायात व्यवसायीले जारी गरेको साझा प्रेस विज्ञप्ती

​यातायात प्रा.लि.हरूद्वारा जारी संयुक्त विज्ञप्तिमा भाडादर कार्यान्वयनका केही सर्तहरू समेत राखिएका छन्। तोकिएको यो भाडादर एक जनाभन्दा बढी यात्रु बोकेको अवस्थामा मात्र लागू हुनेछ। यदि कुनै यात्रुले एक्लै अटो सवार गर्न चाहेमा त्यसलाई ‘रिजर्भ’ मानिने र भाडा आपसी समझदारीमा तय गर्नुपर्ने प्रावधान राखिएको छ।

​बजारमा जथाभावी भाडा लिने गरिएको गुनासो आइरहेका बेला यातायात व्यवसायीहरूले आफैं बैठक बसी यो निर्णय गरेका हुन्। यस निर्णयमा दाङका विभिन्न यातायात प्रालिहरूको सहमति र हस्ताक्षर रहेको छ। नयाँ भाडादर कार्यान्वयनमा आएपछि यात्रुहरू ठगिने क्रम रोकिने र सार्वजनिक यातायात व्यवस्थापनमा सहजता आउने विश्वास गरिएको छ। स्थानीय प्रशासन र यातायात व्यवसायीहरूले यो भाडादर पालना गर्न र गराउन सबैमा अनुरोध समेत गरेका छन्।

सम्वन्धित समाचार