यस वर्ष देशभर १,९६६ परीक्षा केन्द्र कायम गरिएको छ, जसमा एक केन्द्र जापानमा समेत रहेको छ। कुल ५ लाख १२ हजार ४२१ विद्यार्थी परीक्षा दिनेछन्, जसमा २ लाख ५७ हजारभन्दा बढी छात्रा, २ लाख ५४ हजारभन्दा बढी छात्र र केही अन्य समावेश छन्।
काठमाडौँ, चैत १८ — राष्ट्रिय परीक्षा बोर्ड ले भोलि चैत १९ गतेदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन गर्ने तयारी पूरा भएको जनाएको छ। यस वर्षको परीक्षा बिहान ८ बजेदेखि देशभर सुरु हुनेछ।
शैक्षिक तालिका अनुसार परीक्षा यसअघि नै सुरु हुनुपर्ने भए पनि प्रतिनिधिसभा चुनाव का कारण केही पछि सारिएको हो।
परीक्षा अघि शिक्षा मन्त्री सस्मित पोखरेल सहित सम्बन्धित निकायबीच भर्चुअल बैठक बसेर आवश्यक समन्वय गरिएको थियो। बोर्डका अनुसार प्रश्नपत्र, उत्तरपुस्तिका तथा केन्द्राध्यक्षहरू सबै परीक्षा केन्द्रमा पुगिसकेका छन् भने सुरक्षाकर्मी र कर्मचारी पनि खटाइएको छ।
यस वर्ष देशभर १,९६६ परीक्षा केन्द्र कायम गरिएको छ, जसमा एक केन्द्र जापानमा समेत रहेको छ। कुल ५ लाख १२ हजार ४२१ विद्यार्थी परीक्षा दिनेछन्, जसमा २ लाख ५७ हजारभन्दा बढी छात्रा, २ लाख ५४ हजारभन्दा बढी छात्र र केही अन्य समावेश छन्।
जापानस्थित एभरेस्ट स्कुलबाट २३ जना विद्यार्थी सहभागी हुँदैछन्। बोर्डले परीक्षा शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न सबै पक्षलाई सहयोग गर्न आग्रह गरेको छ।

बकपत्र डटकम-नेपालकाे सुशासन, सामाजिक न्याय र समृद्धिकाे क्षैत्रमा काम गर्ने डिजिटल पत्रिका हाे।