जिम्मेवारी बाँडफाँड

नेकपा प्रदेश इन्चार्ज र संयोजकमा ‘हेभीवेट’ नेताहरू तोकिए

बकपत्र संवाददाता       १ महिना अगाडी प्रकाशित     40 No Comments
📋 सारांश
  •  नेपाली कम्युनिस्ट पार्टीले संगठनलाई सुदृढ बनाउने उद्देश्यका साथ सात भूगोल र दुई गैर-भौगोलिक गरी कुल नौ प्रदेशका इन्चार्ज र संयोजकहरूको जिम्मेवारी बाँडफाँड गरेको छ।
  • पार्टीको केन्द्रीय कार्यसंयोजन समितिको बैठकले संगठनको नेतृत्वमा अनुभवी र प्रभावशाली नेताहरूलाई अगाडि सारेको हो।
  • ​जसअनुसार कोशी प्रदेशको इन्चार्जमा राजेन्द्र राई र सुदूरपश्चिम प्रदेशको इन्चार्जमा डा।

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीले संगठनलाई सुदृढ बनाउने उद्देश्यका साथ सात भूगोल र दुई गैर-भौगोलिक गरी कुल नौ प्रदेशका इन्चार्ज र संयोजकहरूको जिम्मेवारी बाँडफाँड गरेको छ। पार्टीको केन्द्रीय कार्यसंयोजन समितिको बैठकले संगठनको नेतृत्वमा अनुभवी र प्रभावशाली नेताहरूलाई अगाडि सारेको हो।

​जसअनुसार कोशी प्रदेशको इन्चार्जमा राजेन्द्र राई र सुदूरपश्चिम प्रदेशको इन्चार्जमा डा. भीम रावलले जिम्मेवारी पाएका छन्। त्यस्तै, बागमतीमा डा. गंगालाल तुलाधर, लुम्बिनीमा चक्रपाणि खनाल र मधेश प्रदेशमा महिन्द्र राय यादवलाई इन्चार्ज तोकिएको छ। गण्डकीमा श्रीनाथ बराल र कर्णालीमा चन्द्रबहादुर शाहीले नेतृत्व गर्नेछन्।

​गैर-भौगोलिकतर्फ उपत्यका विशेष प्रदेशमा हितमान शाक्य र सम्पर्क समन्वयमा यशोदा सुवेदी गुरुङ इन्चार्ज तोकिएका छन्।

​साथै, पार्टीले सबै प्रदेशमा संयोजकहरूको पनि टुङ्गो लगाएको छ। कोशीमा हर्क नेम्वाङ, मधेशमा राजु खड्का, बागमतीमा सरल सहयात्री पौडेल, र गण्डकीमा गायत्री गुरुङ संयोजक चयन भएका छन्। लुम्बिनीमा अब्दुल हुसेन खान, कर्णालीमा बिमला केसी, सुदूरपश्चिममा हरिराम चौधरी, उपत्यकामा विष्णु लामिछाने र सम्पर्क समन्वयमा तारानाथ दाहालले संयोजकको जिम्मेवारी पाएका छन्।

​पार्टीले अनुभवी र जुझारु नेताहरूको मिश्रण गरी प्रदेश कमान्ड सुम्पिएसँगै अब तल्लो तहसम्म संगठन विस्तारले तीव्रता पाउने विश्वास गरिएको छ।

सम्वन्धित समाचार