सन्त निरंकारी मण्डल तुलसीपुर शाखाकी मुखी शारदा जीसीको अध्यक्षता एवं तुलसीपुर खानेपानी तथा सरसफाइ संस्थाका अध्यक्ष यमकान्त भण्डारीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो। सो अवसरमा वक्ताहरूले जात, धर्म र वर्गभन्दा माथि उठेर “मानव नै सबैभन्दा ठूलो धर्म हो” भन्ने मन्त्रलाई आत्मसात् गर्नुपर्नेमा जोड दिए। समाजमा बढ्दो विभेद अन्त्य गरी समावेशी र सहिष्णु समाज निर्माणका लागि यस्ता आध्यात्मिक र सेवामूलक कार्यक्रम प्रेरणादायी हुने उनीहरूको धारणा थियो।
“रक्तदान नै जीवनदान” भन्ने पवित्र उद्देश्यका साथ सञ्चालित शिविरमा ५५ जना भक्तजन तथा सर्वसाधारणले उत्साहजनक रूपमा रक्तदान गरेका थिए। संकलित रगतले बिरामीहरूको जीवन रक्षामा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।
स्थानीय जनप्रतिनिधि, समाजसेवी र स्वयंसेवकहरूको सक्रिय उपस्थिति रहेको उक्त कार्यक्रमको सहजीकरण राकेश डाँगीले गरेका थिए। मिशनले हरेक वर्ष मानव एकता दिवसका अवसरमा यस्ता परोपकारी कार्यहरू गर्दै आएको छ।

बकपत्र डटकम-नेपालकाे सुशासन, सामाजिक न्याय र समृद्धिकाे क्षैत्रमा काम गर्ने डिजिटल पत्रिका हाे।