नेपालको शान्ति प्रक्रियाको विषयमा स्विट्जरल्याण्डको चासो

हिमाल वि.क.       ६ दिन अगाडी प्रकाशित     9 No Comments
📋 सारांश
  • कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि स्वीट्जरल्यान्डका राजदूत डा।
  • ड्यानियल म्युलीले शिष्टाचार भेटघाट गरेका छन्।
  • राजदूत म्युलीले नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीलाई बधाई तथा शुभकामना व्यक्त गरे।

२५ चैत, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि स्वीट्जरल्यान्डका राजदूत डा।ड्यानियल म्युलीले शिष्टाचार भेटघाट गरेका छन् ।
राजदूत म्युलीले नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीलाई बधाई तथा शुभकामना व्यक्त गरे ।
भेटवार्ताका क्रममा मन्त्री गौतम र राजदूत म्युलीबीच नेपाल र स्विट्जरल्यान्डबीचको दीर्घकालीन मैत्री सम्बन्ध, सहकार्य, नेपालको शान्ति प्रक्रिया तथा न्यायमा जनताको पहुँच अभिवृद्धि लगायतका विषयमा विचार आदान प्रदान भयो मन्त्री गौतमको सचिवालयले जनाएको छ ।

सम्वन्धित समाचार