काठमाडौँ, ८ जेठ ।
कतार एयरवेजको विमान परिचारिका ९एयरहोस्टेस० को चरम लापरबाहीका कारण ललितपुरकी एक यात्रुलाई करोडौँ रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने भएको छ। सन् २०२३ मे २६ मा कतार एयरवेजको उडानका क्रममा तातो कफी पोखिएर घाइते भएकी ललितपुरकी प्रिती थापालाई एयरवेजले करिब २ करोड ६१ लाख रुपैयाँ ९२ लाख अमेरिकी डलरभन्दा बढी० क्षतिपूर्ति तिर्नुपर्ने भएको हो।
विमानभित्र कफी सर्भ गर्ने क्रममा एयरहोस्टेसको असावधानीका कारण तातो कफी थापाको शरीरमा पोखिएको थियो। कफीले उनको शरीरका विभिन्न भाग गम्भीर रूपमा पोलेर घाइते बनाएको थियो। पीडित थापाले एयरलाइन्सको लापरबाही र त्यसबाट आफूलाई पुगेको शारीरिक तथा मानसिक चोटको दाबी गर्दै कानुनी उपचार खोजेकी थिइन्।
अन्तर्राष्ट्रिय उडानका क्रममा यात्रुको सुरक्षा र सुविधाको जिम्मेवारी पूर्ण रूपमा सम्बन्धित एयरलाइन्सकै हुने मोन्ट्रियल महासन्धि तथा अन्तर्राष्ट्रिय उड्डयन कानुन बमोजिम अदालतले यो फैसला सुनाएको हो। उडानका क्रममा घाइते भएका यात्रुलाई एयरलाइन्सले क्षतिपूर्ति दिनुपर्ने बाध्यकारी व्यवस्था छ। कतार एयरवेज जस्तो प्रतिष्ठित हवाई कम्पनीको सेवामा देखिएको यस्तो गम्भीर लापरबाही र त्यसबापत तोकिएको ठुलो रकमको क्षतिपूर्तिलाई हवाई क्षेत्रमा एउटा महत्त्वपूर्ण नजिरका रूपमा हेरिएको छ। विमान कम्पनीले हालसम्म यसबारे औपचारिक टिप्पणी गरिसकेको छैन।

बकपत्र डटकम-नेपालकाे सुशासन, सामाजिक न्याय र समृद्धिकाे क्षैत्रमा काम गर्ने डिजिटल पत्रिका हाे।