दलित युवाको मृत्यु

दलित युवाको सिन्धुली हिरासतमा मृत्यु छानबिन समिति गठन

बकपत्र संवाददाता       २ महिना अगाडी प्रकाशित     44 No Comments
📋 सारांश
  • सिन्धुलीको इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतमा एक दलित युवाको मृत्यु भएको घटनाबारे सत्यतथ्य पत्ता लगाउन नेपाल प्रहरीले उच्चस्तरीय छानबिन समिति गठन गरेको छ।
  • नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले प्रहरी नायब महानिरीक्षक (डीआईजी) दिनेशकुमार आचार्यको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गर्नुभएको हो।
  • संयोजक: डीआईजी दिनेशकुमार आचार्य।

काठमाडौं । सिन्धुलीको इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतमा एक दलित युवाको मृत्यु भएको घटनाबारे सत्यतथ्य पत्ता लगाउन नेपाल प्रहरीले उच्चस्तरीय छानबिन समिति गठन गरेको छ।

नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले प्रहरी नायब महानिरीक्षक (डीआईजी) दिनेशकुमार आचार्यको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गर्नुभएको हो।

समितिका सदस्यहरू:

  • संयोजक: डीआईजी दिनेशकुमार आचार्य
  • सदस्य: एसपी रविन्द्रनाथ पौडेल (प्रहरी प्रधान कार्यालय, युएन शाखा)
  • सदस्य: इन्स्पेक्टर ईन्द्रजित सुनार (केन्द्रीय अनुसन्धान ब्युरो – सीआईबी)
  • सदस्य: इन्स्पेक्टर प्रेम रेग्मी (काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय)
  • सदस्य: सई राजेश्वर सापकोटा

महानिरीक्षक कार्कीले समितिलाई घटनाको गहिरो अध्ययन गरी ७ दिनभित्र प्रतिवेदन पेस गर्न निर्देशन दिनुभएको छ।

घटनाको पृष्ठभूमि
सिन्धुलीको सुनकोशी गाउँपालिका–३ जुम्लीडाँडाका २३ वर्षीय श्रीकृष्ण बिक जबरजस्ती करणी मुद्दामा अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतमा थिए। प्रहरीको दाबी अनुसार, वैशाख ७ गते बिकले हिरासत कक्षको शौचालयमा आफ्नै सर्टको पासो लगाएर आत्महत्याको प्रयास गरेका थिए। उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

बढ्दो दबाब र आशंका
प्रहरीले ‘आत्महत्या’ भने तापनि मृतकका आफन्त, दलित अधिकारकर्मी र स्थानीय जनप्रतिनिधिहरूले यसलाई शंकास्पद मान्दै आएका छन्। प्रहरीको भूमिकामाथि प्रश्न उठाउँदै संसददेखि सडकसम्म विरोध प्रदर्शन र दबाबका कार्यक्रमहरू भइरहेका छन्।

“हिरासत जस्तो सुरक्षित स्थानमा युवाको मृत्यु हुनुले प्रहरीको कार्यक्षमता र नियतमाथि गम्भीर प्रश्न उठाएको छ,” अधिकारकर्मीहरूको भनाइ छ।

यही चौतर्फी दबाब र घटनाको संवेदनशीलतालाई मध्यनजर गर्दै प्रहरी प्रधान कार्यालयले प्रधान कार्यालयबाटै टोली खटाएर निष्पक्ष छानबिनको प्रक्रिया अघि बढाएको हो।

सम्वन्धित समाचार