आफ्नो जस्तो लाग्ने
एउटा रात कटाउने छाप्रो थियो ।
एक दिन बन्दुकधारी सत्ताको “निगाह” पर्यो
भत्कायो र बेघर बनायो ।
लालपुर्जाधारी नभएपछि
खल्तिमा नागरिकता बोकेर
जहाँ भौँतारिए पनि
माटोले शरणार्थी सोच्दो रहेछ
मान्छे कहलिन विवेक चिन्तन र चेतना होइन
दराजमा लालपुर्जा चाहिने रहेछ ।
हेर्दै छु –
वर्ग समाजको कुरूप ऐना
लालपुर्जा नहुनेहरूसँग
करुणा , संवेदना र मानवताले पनि
खुच्चिङ् भन्दै आँखा तर्दो रहेछ ।

वस्ति उजाड पछिको सुकुम्वासी महिलाको फोटो ।
